माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डाबीच २७ वर्षपछि सम्बन्धविच्छेद

Advertisement

काठमाडौं । माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेका छन् । गेट्स दम्पत्तिले विवाह भएको २७ वर्षपछि अलग हुने निर्णय गरेको ट्वीट मार्फत जानकारी गरएका छन् । 

दुवै जनाले अलग हुने जानकारी गराउँदै भनेका छन्, ‘धेरै विचार र हाम्रो सम्बन्धमा धेरै काम गरिसकेपछि विवाह अन्त्य गर्ने निर्णय गरेका छौं ।’

Advertisement

बिल र मेलिन्डाको पहिलो भेट सन् १९८० को दशकमा भएको थियो ।

सन् १९८७ मा मेलिन्डा प्रोडक्ट म्यानेजरका रुपमा बिलको कम्पनी माइक्रोसफ्टमा प्रवेश गरेकी थिइन् । यी दुईको विवाह सन् १९९४ मा भएको थियो। बिल र मेलिन्डाका ३ जना सन्तान रहेका छन् । हाल यी दुईले गैरनाफामूलक कल्याणकारी संस्था ‘बिल एन्ड मेलिन्डा फाउन्डेसन’ सञ्चालन गरिरहेका छन् ।

ट्वीटरमा सार्वजनिक वक्तव्यमा गेट्स दम्पतिले भनेका छन्, ‘विगत २७ वर्षमा हामीले ३ उत्कृष्ठ सन्तानहरु हुर्काएका छौं । हामीले फाउन्डेसन पनि बनाएका छौं जसले विश्वभर मानिसको स्वास्थ्य र उपयोगी जीवनका लागि काम गर्छ ।’ पतिपत्नीका रुपमा नरहे पनि फाउन्डेसनमार्फत सँगै काम गर्ने पनि दुईले जानकारी गराएका छन् ।

नयाँ जीवन सुरु गर्न लागेकाले आफ्नो परिवारलाई ठाउँ र गोपनीयता दिनका लागि पनि मेलिन्डा र बिलले आग्रह गरेका छन् । हाल बिलको एक खर्ब २४ अर्ब डलर नेटवर्थसहित विश्वका चौथो धनी व्यक्तिका रुपमा स्थापित रहेको फोब्स्रले जनाएको छ । गेट्सले सन् १९७० मा सुरु गरेको माइक्रोसफ्ट कम्पनीबाट आफ्नो सम्पति निर्माण गरेका हुन् ।

Advertisement

Advertisement