आशा लघुवित्तको नाफा २६७.८२ प्रतिशत बढ्यो

Advertisement

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आउदा यस कम्पनीको खुद नाफामा आकर्षक वृद्धि भएको छ । 

यसअवधिमा खुद नाफा २६७ दशमलव ८२ प्रतिशतले बढेर १० करोड ६७ लाख ६४ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले दुई करोड ९० लाख २६ हजार रुपियाँ खुद नाफा कमाएको थियो । 

Advertisement

खुद ब्याज आम्दानी ७८ दशमलव ४० प्रतिशतले बढेर १८ करोड ९८ लाख ४४ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १० करोड ६४ लाख १४ हजार रुपियाँ खुद ब्याज आम्दानी गरेको थियो । 

गत वर्ष ७२ लाख ३६ हजार रुपियाँ सञ्चालन नोक्सानमा रहेको लघुवित्तले यो वर्ष १५ करोड ५१ लाख ८३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएसँगै खुद नाफा बढ्न सहयोग पुगेको देखन्छ। 

चैत मसान्तसम्म यसको प्रतिसेयर आम्दानी ३६ रुपियाँ ६३ पैसाले बढेर वार्षिक ५३ रुपियाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपियाँ ४७ पैसा छ । खराब कर्जा १ दशमलव ३१ प्रतिशतले घटेर ३ दशमलव १५ प्रतिशतमा झरेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी २६ करोड ७१ लाख रुपियाँ र जगेडा कोषमा १५ करोड ३५ लाख रुपियाँ रहेको छ । चैत मसान्तसम्म कम्पनीले एक अर्ब १९ करोड ३९ लाख रुपियाँ निक्षेप संकलन गरेको छ भने तिन अर्ब ६३ करोड ८९ लाख रुपियाँ कर्जा लगानी गरेको छ । 

Advertisement

Advertisement