कर विवरण र रकम बुझाउने म्याद थप गर्न सरकारसँग चेम्बरको माग

Advertisement

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले कर विवरण तथा कर दाखिला गर्ने म्याद थप गर्न सरकारसँग माग गरेको छ ।

काठमाडौँ उपत्यकासहित अन्य जिल्लाहरुमा समेत निषेधाज्ञा जारी रहँदा उद्योग व्यवसाय बन्द रहेको र कर्मचारीहरु समेत कार्यालय जान सक्ने अवस्था नरहेकाले म्याद थप गर्न माग गरेको हो । 

Advertisement

चेम्बरका महानिर्देशक कैलाशकुमार बजिमयले आज विज्ञप्ति प्रकाशित गरी सम्बन्धित कागजातहरु कार्यालयमै रहेकाले यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएको उल्लेख गरेका छन् ।  

Advertisement

Advertisement