नेपाल लाइफ इन्स्योरेन्स २१औं वर्षमा, बीमा बजारको झण्डै एक तिहाइ हिस्सा ओगट्न सफल

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आफ्नो स्थापनाको २१औं वर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष प्रसाईंले आगामी दिनमा आफूहरू मजबुत बन्दै जाने बताएका छन् । उनले कोरोना महामारीमा पनि सरलरुपमा जीवन बीमा सेवा प्रवाह गर्न कम्पनीले कुनै कसुर बाँकी नराख्ने पनि बताएका छन् ।

नेपाल लाइफले बीमा बजारको करिब एक तिहाइ बजार हिस्सा ओगटेको दाबी गरेको छ । कम्पनीको लगानी एक खर्ब ११ अर्ब ४७ करोड रुपियाँ रहेको छ भने जीवन बीमाकोष एक खर्ब एक अर्ब २८ करोड रुपियाँ रहेको छ । सर्वाधिक शेयरधनी कोष आठ अर्ब ८५ करोड रुपियाँभन्दा बढि छ । 

Advertisement

कम्पनीको चुक्ता पूँजी सात अर्ब १९ करोड रुपियाँभन्दा माथि छ । त्यस्तै, कम्पनीको एक अर्ब रुपियाँभन्दा बढि बजार पूँजीकरण रहेको छ । नेपाल लाइफको आंशिक अवधि भुक्तानी ११ अर्ब ९८ करोड रुपियाँ, पूर्ण अवधि भुक्तानी नौ अर्ब ७७ करोड रुपियाँ तथा मृत्युदावी तीन अर्ब ७३ करोड रुपियाँभन्दा बढि भुक्तानी गरिसकेको छ ।

कम्पनीमा एक लाख ७६ हजार ४३ भन्दा बढि प्रशिक्षित अभिकर्ताहरू रहेका छन् । कम्पनीले हाल दुई सय शाखा तथा उपशाखामार्फत जीवन बीमासम्बन्धी सेवा उपलब्ध गराइरहेको छ ।

वैदेशिक रोजगारसमेत गरि २८ लाख ८२ हजार ३४२ व्यक्ति नेपाल लाइफको बीमित भईसकेका छन् । ग्राहकहरूको हितलाई ध्यानमा राख्दै समयसापेक्ष सेवा तथा सुविधा परिमार्जन गर्दै जाने नेपाल लाइफले बताएको छ । 

नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै पनि बताएको छ । कम्पनीको बीमा शुल्क (प्रिमियम) डिजिटल पेमेन्टबाट जुनसुकै समयमा भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्दै आएको छ । नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरू ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतका एपमार्फत अनलाइन भुक्तानी गर्न सकिन्छ ।

Advertisement

Advertisement