कोरोना संक्रमण बढेपछि भारतबाट नेपालीहरू फर्किने बढ्दो, दैनिक ४५ सय फर्किँदै

Advertisement

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको दोस्रो लहर बढेसँगै स्वदेश फर्किन नेपालीहरूको संख्या बढेको छ । कामको खोजी तथा अन्य विभिन्न प्रयोजनका लागि भारतका विभिन्न स्थानमा रहँदै आएका नेपालीहरू दैनिक सरदर चार हजार पाँच सयको संख्यामा नेपाल फर्किने गरेका छन् । 

भारतस्थित नेपाली राजदूतका अनुसार पछिल्ला दिनमा दैनिक चार हजार पाँच सय नेपाली भारतबाट नेपाल फर्किने गरेका छन् । संसदको महिला तथा सामाजिक समितिको भर्चुअल बैठकमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले सबैभन्दा बढि सूदुर पश्चिका विभिन्न जिल्लाका सीमा नाकाहरूबाट नेपालहरू नेपाल फर्किने गरेका छन् । 

Advertisement

गत बर्ष पनि कोरोना संक्रमण बढेपछि ठूलो संख्या नेपालीहरू नेपाल फर्किएका थिए । तर आफ्नो भूमि रोजगारीको अवसर नपाएपछि दशैंताका उनीरू पुनः भारत पलायन भएका थिए । राजदूत आचार्यले संक्रमण बढेको बेलामा नेपालीहरू सकभर घर नगइदिउन भन्ने आग्रह रहे पनि ठूलो संख्यामा फर्किने क्रम जारी रहेको स्वीकार गरे । 

महामारीका कारण घर फर्किन बाध्य नेपालीहरूलाई संक्रमणको जोखिम झन बढेको छ । भारतमा कामका लागि जाने नेपालीहरूको संख्या २० देखि २५ लाख रहेको अनुमान छ । त्यसपछि अध्ययनका लागि पनि बिसौं हजार नेपाली भारतमा रहँदै आएका छन् । 

राजदूत आचार्यले भारतमा संक्रमित भएका नेपालीहरुलाई उपचारमा सहजीकरण गर्ने काम दूतावासले गर्दै आएको दाबी गर्दै संक्रमति भएर अस्पताल जान नसकेकालाई अस्पतालमा सम्पर्क गरेर पठाउने काम दूतावासले गर्दै आएको बताए । 

समितिको बैठकमा भारतमा रहेका नेपालीहरूले उपचारमा विभेद सहनुपरेको, समस्यामा परेकाहरूको उद्दार र उपचारमा नेपाल सरकार र भारतस्थित दूतावासले बेवास्ता गर्ने गरेको, घर फर्किने क्रममा रहेकाहरू ले त्यस्तै सास्ती भोग्नुपरेको बताएका थिए । भारतमा रहेका नेपालीहरूको आधार कार्ड नहुँदा सेवा सुविधाबाट बन्चित हुनुपरेको समितिका सदस्यहरूको भनाई छ । 

Advertisement

Advertisement