आज (वैशाख २२)को तपाईंको राशिफल

Advertisement

आज २०७८ वैशाख महिनाको २२ गते बुधबार, वैशाख कृष्णपक्षको नवमी तिथि ।

मेष 
आत्मबलले भरिएको नेतृत्वदायी ब्यक्तित्व हुने छ । बोलीको प्रभाव बढ्ने छ । धन धान्य र पैतृक सम्पत्तिको अनुकुलता बढ्ने छ । साझेदारीमा गरिएका कामहरु प्रभावकारी हुने छन् । ब्यवस्थापकीय क्षमतामा अभिवृद्ध हुने छ । पेशागत र ब्यावसायिक जीवनमा पनि समय अनुकुल देखिन्छ । हार्डवेयर, सिमेण्ट, फलाम, स्टिल जस्ता क्षेत्रमा लाभ प्राप्त हुने छ । शेयर बजार अनुकुल देखिन्छ । 

Advertisement

वृष 
आकर्षक ब्यक्तित्व हुने छ । बाणिको प्रभाव औसतमा धेरै नै पर्ने भएता पनि रिस कडा हुने हुँदा रिसले विषयवस्तु बिगार्ने छ । पेशागत तथा ब्यावसायिक क्षेत्रबाट धन, धान्य आर्जन हुने अवस्था छ । साझेदारीमा गरिएका कामहरुमा अवरोधहरु आउने छन् । भाग्यको साथ रहेकाले शैक्षिक क्षेत्र, ठेक्का पट्टा, निर्माण क्षेत्र आदीमा संलग्नहरुका लागि समयले साथ दिने छ । शेयर बजार सकारात्मक देखिन्छ । 

मिथुन 
महत्वाकांक्षि ब्यक्तित्व हुने छ । तर रिस अत्याधिक कडाखालको हुने भएकाले रिस नियन्त्रणमा ध्यान नदिए आफैलाई हानि पुर्याउने योग सक्रिय छ । पेशागत जीवन सकारात्मक नै देखिएता पनि भाग्यको साथ कम रहनाले पेशा तथा ब्यावसायमा विभिन्न खाले कठिनाईहरुको सामना गर्नु पर्ने छ । घर, गाडि, बाहन, जग्गा जमिनबाट नोक्सान हुने समय सक्रिय रहेकाले सतर्क रहनु होला । शेयर बजार अनुकुल हुने समय छैन् । 

कर्कट
ब्यवस्थापकीय र नेतृत्वदायी भुमिकामा बढोत्तरी हुने छ । अरुको विश्वास आर्जन गर्न सकिने छ, विश्वास पनि बढ्ने छ । साझेदारीमा गरिएका कामहरुमा सकारात्मक परिस्थिति देखा पर्ने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् । मनमा दुविधा अत्याधिक बढ्ने भएकाले मन नियन्त्रण गर्न नसके अरुको विश्वास गुम्न पुग्ने छ । पानी, कोल्ड ड्रिक्स, धार्मिक वस्तुहरुको ब्यापार, दुध आदीको ब्यापारमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ । शेयर बजारमा निकै ध्यान दिएर मात्र अघि बढ्नु पर्ने समय छ । 

सिंह
भाग्यको बलियो छ । दृढ खालको ब्यक्तित्व हुने छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल नै देखिन्छ । खासगरी स्वास्थ्य क्षेत्र, सौन्दर्यका सामान, अस्पतालमा सामान आपूर्ति गर्ने क्षेत्रमा संलग्नहरुलाई फाइदा पुग्ने देखिन्छ । साझेदारीका कार्यहरु सकारात्मक हुने छन् । आम्दानीमा बृद्धि हुने छ । शेयर बजार सकारात्मक दिशामा देखिन्छ । 

कन्या
मनमा निरन्तर दुविधाले सताउने छ । सुखमा कमि आउने छ । साझेदारीमा गरिएका कामहरुका बिबाद तथा कटुता उत्पन्न हुन पुग्ने छ । प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा अरुको विश्वास गुम्न पुग्ने छ । कार्यालय तथा ब्यावसायमा आफू भन्दा माथिका बोससँग सम्बन्धमा कटुता आउने छ । पैतृक सम्पत्ति तथा संकलित आफ्नो धन परिचालन गर्न सके भाग्योदय हुने छ । शेयर बजारबाट भने फाइदा मिल्ने छ । 

तुला 
जीवनसाथिको साथ लिएर अघि बढेमा आम्दानीमा बृद्धि हुने छ । मनोबल उच्च रहने छ । भाग्यको साथले गर्दा कठिनाईहरुसँग जुध्ने ब्यक्तित्व निर्माण हुने छ । तर पारीवारिक सदस्यहरुबीच धन सम्पत्तिका विषयलाई लिएर कटुता र द्वन्द चर्किन पुग्ने छ । शेयर बजार अनुकुल नदेखिएकाले निकै होसियारी साथ मात्र जोखिम लिनु पर्ने समय छ । स्टेशनरी, प्रेस, पत्रकारिता, बाचन पेशा, ब्युटिसियन जस्ता क्षेत्रमा सक्रियहरुले आम्दानी गुमाउनु पर्ने छ । 

वृश्चिक
टाउको झुम्म भइरहने समस्याले पिरोल्ने छ । शरीरमा कमजोरीको महशुस हुने भएकाले काममा जाँगर कम हुन पुग्ने छ । साझेदारीका कामहरुले सन्तोष प्रदान गर्ने छन् । जीवनसाथिको साथसहित काम गर्नु भएमा फाइदा मिल्ने छ । नेतृत्व क्षमतामा कमि आउने भएकाले प्राप्त जिम्मेबारी धैर्यतापूर्वक निर्वहन गर्न तर्फ ध्यान दिनु होला । घर जग्गाको कारोवार, ठेक्का पट्ट, होटल, रेष्टुरेण्ट, सर्जन आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले धैर्यतासाथ काम लिनु होला । शेयर बजार एक हदसम्म अनुकुल देखिन्छ । 

धनु 
परिवारको साथ मिल्ने छ । भाग्यको बलियो साथ रहेकाले आन्तरिक चतु¥याईमा बृद्धि हुने भएकाले भित्रि आत्माबलको बृद्धि हुन पुग्दा कामहरु सफल हुने छन् । तर पेशागत जीवनमा विभिन्न खाले उल्झन र समस्याहरु देखा पर्ने छन् । साझेदारीका काममा साझेदारका बीच कडा मिजासको स्वाभाव देखा पर्ने भएकाले एक अर्काको विचारमा ध्यान दिँदा उपयुक्त हुने छ । शेयर बजारबाट फाइदा मिल्ने छ । सर सापटीमा गम्भीर बन्नु पर्ने समय छ । 

मकर 
दृढ खाले ब्यक्तित्व हुने छ । तर आवश्यकता भन्दा कडा र रिसाहापन पनि बृद्धि हुने भएकाले त्यसतर्फ ध्यान दिनु होला । पारीवारिक जीवनमा मधुरता उत्पन्न हुने छ, जसले प्रतिकुलतासँग जुध्न तागत दिने छ । आम्दानीमा सोचे जस्तो नहुने भएकाले चित्त बुझाउँदै अघि बढ्नु पर्ने समय छ । अनुसन्धानको क्षेत्रमा आवद्धहरुको हकमा भने फाइदा मिल्ने छ । शेयर बजारमा विचार गरेर सतर्क भएर मात्र हिड्नु पर्ने देखिन्छ । 

कुम्भ 
शान्त किसिमको स्वाभाव हुने छ । मेहनति र पराक्रमी स्वाभाव भने निरन्तर रहने छ । आम्दानीमा बृद्धि हुने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा अबरोधहरु आउने छन् । घर घडेरी, रियल स्टेट, सवारीसाधन, वाहन, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय थोरै भए पनि सकारात्मक बन्न पुगेको छ । शेयर बजार औसत अवस्थामा देखिन्छ । परिवारको साथका कारण ब्यक्तित्वमा कदर हुन पुग्ने छ । 

मीन
मनमा दुविधा बढ्ने छ । निर्णय क्षमतामा कमि आउने छ । परिवारका सदस्यहरुका बीचमा तिक्तता बढ्न पुग्ने छ, नेतृत्व कसले लिने भन्ने द्वन्द देखा पर्ने छ । भाग्यहिनताको अभाष हुने भएकाले दृढताको कमि हुन जाने छ । जीवनसाथिको आड भरोसाले गर्दा मेहनत र पराक्रमीपनमा भने बृद्धि हुन जाने छ । घर घडेरी, रियलस्टेट, ठेक्का पट्टा, सिमेण्ट, फलाम, सामान ढुवानी जस्ता क्षेत्रमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर बजार औसत रहेको छ ।

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement