सुनचाँदीको मूल्य घट्यो, तोलाको कतिमा झर्यो ?

Advertisement

काठमाडौँ । केही दिनदेखि बढिरहेको सुनचाँदीको मूल्य आज भने घटेको छ । सुन प्रतितोला ३ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय २० रुपियाँ निर्धारण गरिएको छ ।

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९० हजार १ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपियाँमा किनबेच भएको थियो ।

Advertisement

Advertisement