सुनको मूल्य फेरि बढ्यो, चाँदीको भने घट्यो

Advertisement

काठमाडौँ । सुनको मूल्य आज फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ३ सय रुपियाँ बढेको हो । चाँदी भने आज प्रतितोला ५ रुपियाँ घटेको छ । 

महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय १५ रुपियाँ निर्धारण गरिएको छ । 

Advertisement

हिजो भने छापावाल सुन प्रतितोला ९० हजार ३ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ८९ हजार ८ सय रुपियाँ र चाँदी प्रतितोला १ हजार ३ सय २० रुपियाँमा किनबेच भएको थियो ।  

Advertisement

Advertisement