कर्पाेरेट राशिफलः आज (वैशाख २४) तपाईंको दिन कस्तो रहला ?

Advertisement

आज २०७८ वैशाख महिनाको २४ गते शुक्रबार, वैशाख कृष्णपक्षको एकादशी तिथि । आज बरुथिनी एकादशी व्रत ।

मेष 
धन सम्पत्तिमा बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनको हकमा पनि समय सकारात्मक बन्न पुगेको छ । आत्माबल सबल बन्दछ । समय अनुकुल चलिरहेकाले आँटेका कामहरु पुरा हुने छन् । नेतृत्वदायी भूमिका प्राप्त हुने छ भने नेतृत्व गर्ने क्षमतामा पनि बृद्धि हुने छ । बोलीको प्रभाव बढ्ने छ । प्रशासन, निजामति, लत्ता कपडा, पत्रकारिता, ब्यवस्थापन, ठेक्का पट्टा, औषधी, हार्डवेयर, सिमेण्ट, फलाम, स्टिल जस्ता क्षेत्रमा लाभ प्राप्त हुने छ । शेयर बजार अनुकुल देखिन्छ । शेयर बजारको हकमा भने समय औसत रहेको छ । 

Advertisement

वृष 
बोलीको प्रभाव बढ्ने छ । ब्यक्तित्वमा पनि प्रभावशालीपना बढोत्तरी हुन जाने छ । पेशागत तथा ब्यावसायिक क्षेत्र एक हदसम्म सकारात्मक देखिन्छ । भाग्यको बलियो साथ रहेको छ । आमसंचार माध्यम, निर्माण ब्यवसाय, पुस्तकको कारोवार, शैक्षिक क्षेत्र, ठेक्का पट्टा, निर्माण क्षेत्र आदीमा संलग्नहरुका लागि समयले साथ दिने छ । शेयर बजार सकारात्मक बनेको छ । 

मिथुन 
रिस धेरै उठ्ने भएकाले यसबारेमा सतर्क रहनु होला । नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । पेशागत जीवन धेरै सकारात्मक नबने पनि निराश हुने अवस्थाबाट पनि गुज्रने छैन् । भाग्यहिनताको अनुभुति भइरहने छ । रोजगारी तथा ब्यावसायमा कठिनाईहरु सामना गर्नु पर्ने देखिन्छ । घर घडेरी, सवारीसाधन, गाडि, बाहन, जग्गा जमिनको सन्दर्भमा नोक्सानी ब्योहर्नु पर्ने हुन सक्ने भएकाले यसबारेमा सतर्क रहनुहोला । शेयर बजार अनुकुल देखिँदैन् । 

कर्कट
साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । अरुको विश्वास जित्न सक्ने शक्ति पैदा हुन्छ ।  मनमा दुविधाको अवस्था धेरै बढ्ने छ । मनमा आउने दुविधाले निर्णय क्षमतामा कमि ल्याउनुका साथै पाएको जिम्मेबारी अनुसार कार्य सम्पन्न गर्ने तागतमा कमि ल्याउने छ । पानी, मदिरा, दुध, कोल्ड ड्रिक्स, आयात, निर्यात, धार्मिक वस्तुहरुको ब्यापार, आदीको ब्यापारमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ । शेयर बजार न त सकारात्मक न त प्रतिकुल औसत अवस्थामा रहेको छ । 

सिंह
समय सकारात्मक रहेको छ । भाग्य बलियो रहेको छ । दृढ ब्यक्तित्व हुने छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल रहने समय रहेको छ । राखिएका लक्ष्य प्राप्त हुने छन्, आम्दानीमा बृद्धि हुने छ । सौन्दर्य प्रशाधनका सामान, औषधी, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामान आपूर्ति जस्ता क्षेत्रमा संलग्नहरुको आम्दानीमा बृद्धि हुने छ । शेयर बजारको लगानी सकारात्मक देखिन्छ । 

कन्या
समय अलि प्रतिकुल रहेकाले संयमित तरीकाले रहनु पर्ने समय छ । मनमा निरन्तर दुविधा बढ्ने छ । सुख सुविधामा कमि आउने छ । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा आफूप्रतिको विश्वास र भरोसामा कमि आउने छ । साझेदारीमा गरिएका कामहरुमा द्वन्द र बिबाद देखा पर्न पुग्ने छन् । कार्यालय तथा ब्यावसायमा समकक्षी तथा कर्मचारीहरुसँग कटुता बढ्ने समय सक्रिय रहेकाले सावधानीको आवश्यकता छ । शेयर बजार अनुकुल भए पनि धेरै उत्साहि हुने समय भने छैन् । 

तुला 
जीवनसाथिको साथसहित अघि बढेमा आम्दानीमा बृद्धि हुने छ, सपनाहरु पुरा हुने छन् । उच्च मनोबलको ब्यक्तित्व हुने छ । भाग्यको बलियो साथ रहेकाले देखा परेका अबरोधहरु छिचोल्ने तागत पनि सृजना हुने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा विवाद उत्पन्न हुन पुग्ने छ । छापाखाना, पुस्तक कारोवार, स्टेसनरी, प्रेस जगत, संचारमाध्यम, पत्रकारिता, बाचन पेसा, ब्युटिसियन जस्ता क्षेत्रमा सक्रियहरुले आम्दानी गुमाउनु पर्ने छ । शेयर बजार अनुकुल देखिँदैन् । 

वृश्चिक
कमजोर मनोबल हुने छ । यसले दुविधात्मक ब्यक्तित्व बनाउने भएकाले कार्य सम्पादनमा जोश र जाँगरको कमि हुन जाने छ । शरीरमा कमजोरी बढ्ने छ । साझेदारीका कामहरु भने सकारात्मक दिशामा अघि बढ्ने छन् । साझेदारीमा गरिएका कामहरुमा मनमुटाव देखिने भएकाले समझदारीसाथ काम गर्नु होला । रियल स्टेट, ठेक्का पट्टा, होटल, रेष्टुरेण्ट, सर्जन, घर जग्गाको कारोवार आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले संयमित रहनु होला । शेयर बजार क्षेत्र अनुकुल देखिन्छ । 

धनु 
भाग्यको बलियो साथ रहेको छ । भित्रि बुद्धि सक्रिय हुने भएकाले कार्य सफलता हुने छ । परिवारको साथ रहने हुनाले कठिनाईका क्षणहरुमा जुध्न बलियो तागत प्राप्त हुने छ । पेशागत जीवनमा विभिन्न अवरोध तथा समस्याहरु उत्पन्न हुने भएकाले पेशागत कामहरुमा हडबड नगरी काम गर्न ध्यान दिनुहोला । साझेदारीका कामको सन्दर्भमा साझेदारहरुका बीच दृष्टिकोण नमिल्ने भएकाले बादबिबाद हुन जाने छ । शेयर बजार अनुकुल देखिन्छ । 

मकर 
ब्यक्तित्वमा दृढता विकास हुने छ । तर कडा र रिसाहापनामा पनि बृद्धि हुने भएकाले यसबारेमा संयम हुन नसके नोक्सानी ब्योहर्नु पर्ने छ । पारीवारिक मिलन हुने छ । आम्दानी गर्छु भनि राखिएका लक्ष्य पुरा नहुने भएकाले ठिक्क योजनामा मात्र केन्द्रित हुँदा उपयुक्त हुने छ । कुटनीति, अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्र, पुरातात्विक क्षेत्र, खोज अनुसन्धानको क्षेत्र, गुप्तचरी क्षेत्रमा आवद्धहरुको हकमा भने फाइदा मिल्ने छ । शेयर बजारमा उच्च सतर्कतासहित मात्र लगानी बढाउनु पर्ने समय छ । 

कुम्भ 
शान्त स्वाभावको ब्यक्तित्व हुने छ । आम्दानीमा बृद्धि हुने छ । पारीवारिक प्रशंसा प्राप्त हुने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुन जाने छ । मेहनति र पराक्रमी भाव मनमा पैदा हुन जाने छ । पेशागत जीवन र ब्यापार ब्यवसायमा केही समस्याहरु देखा पर्ने छन् । घर घडेरी, रियल स्टेट, सवारीसाधन, वाहन, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय सकारात्मक छ । शेयर बजारको हकमा औसत समय रहेको छ । 

मीन
समय प्रतिकुल रहेकाले संयमित रहनु पर्ने देखिन्छ । मनमा दुविधा बढ्ने छ, त्यसैले निर्णय क्षमतामा कमि आउने छ । परिवारका सदस्यहरुका बीचमा कटुता देखा पर्ने भएकाले सकभर बिबादमा नजाँदा राम्रो देखिन्छ । भाग्यहिनताको अनुभुति भइरहन्छ । सिमेण्ट, फलाम, रियलस्टेट, ठेक्का पट्टा, सामान ढुवानी जस्ता क्षेत्रमा आवद्धहरुलाई केही फाइदा हुन जाने छ । शेयर बजारमा धेरै अनुकुल समय नभएकाले संयम भएर मात्र लगानी केन्द्रित हुँदा उपयुक्त हुने छ । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement