अनियन्त्रित चिनियाँ रकेट पृथ्वीमा खस्ने संभावना, मानव बस्तीमा खसे क्षति पुग्नसक्ने

Advertisement

काठमाडौं । चिनियाँ रकेट लङ मार्च ५बी अनियन्त्रितरूपमा पृथ्वीमा खस्न लागेको वैज्ञानिकहरूले बताएका छन् । एक्काइस टन तौलको उक्त रकेट कहाँ खस्छ ? अहिलेसम्म कुनै यकिन हुन नसकेको उनीहरूको भनाई छ । 

लङ मार्च ५बी यदि पृथ्वीमा खसेमा बायुमण्डलमा नष्ट हुनसक्ने र ती टुक्राहरू समुन्द्रमा खस्नसक्ने संभावना रहेको बीबीसीले जनाएको छ । यति ठूलो बजनको रकम यदि मानव बस्तीमा खसेमा ठूलो जनधनको क्षति गर्नु वैज्ञानिकहरू बताउँछन् ।  

Advertisement

तर अबको केही दिनमा लङ मार्च ५बी रकेट पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने र यसलाई बायुमण्डलमै नष्ट गर्ने कुरा चुनौति बनेको वैज्ञानिकहरूको भनाई छ । १६ फिट चौडाइ र ९८ फिट लम्बाइको यो रकेट चीनले गएको एप्रिलमा अन्तरिक्षमा नयाँ स्टेसन बनाउन प्रक्षेपण गरेको थियो।

प्रतिघण्टा २७ हजार छसय किलोमिटरको गतिमा पृथ्वीलाई घुमिरहेको यो रकेट अबको तीन दिन भित्रमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नसक्ने संभावना रहेको छ । 

यदि यो रकम समुन्द्र नभई जमिनमा बसेमा न्यूयोर्क, इस्तानाबुल, बेइजिङ, वेलिङ्गटन, चिलीमा बस्नसक्ने भन्दै अन्तरिक्षमा रहेका मानवनिर्मित वस्तुहरू अनुगमन गर्ने एक अमेरिकी संस्थाले तर यो जमिनमा बस्ने संभावना निकै न्यून रहेको जनाएको छ । यो रकेट कहाँ खस्छ ? खस्नुभन्दा एक घण्टा अगाडि मात्रै थाहा हुने सो संस्थाको भनाई छ । 

अन्तरिक्षमा २६ हजारको संख्यामा मानवनिर्मित वस्तुहरू छन् । ती मध्ये उपयोगी जम्मा तीन हजार पाँचसय छन् भने बाँकी सबै कवाडी हुन् । यस्ता कवाडी वस्तुहरू मानवसहित समग्र प्राणी जगतका लागि जोखिम बन्दै आएका छन् । 

Advertisement

Advertisement