एनएमबि बैंकको २ अर्ब रुपियाँको ऋणपत्र जेठ २ गतेदेखि बिक्री गरिने

Advertisement

काठमाडौँ । एनएमबि बैंकले जेठ २ गतेदेखि २ अर्ब रुपियाँ  बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपियाँ दरमा २० लाख  इकाई ऋणपत्र जारी गर्न लागेको हो । 

ऋणपत्रमा जेठ ५ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ १६ गतेसम्म खुला रहनेछ । 

Advertisement

बिक्री प्रबन्धक सिद्धार्थ बैंकका अनुसार कूल इकाई मध्ये १२ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । 

उक्त ऋणपत्रमा  न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । 

एनएमबिले १० वर्ष अवधिको ‘एनएमबि ऋणपत्र ८.५०%- २०८७/८८’ जारी गर्न लागेको हो । यसमा वार्षिक ८.५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । 

Advertisement

Advertisement