अजोड इन्स्योरेन्सको वित्तीय अवस्था उत्साहजनक, नाफा ७३.८६ प्रतिशत बढायो

Advertisement

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय अवस्था सार्वजनिक गरेको छ । यस अवधिसम्म आईपुग्दा यस कम्पनीले छ करोड ११ लाख ६ हजार रुपियाँ नाफा कमाएको छ । 

यसको नाफा गत वर्षको यसै अवधिको भन्दा ७३ दशमलव ८६ प्रतिशत धेरै हो । गत वर्षको यसै अवधिमा कम्पनीले यसले तिन करोड ५१ लाख ४५ हजार रुपियाँ नाफा कमाएको छ । तेस्रो त्रैमाससम्म आईपुग्दा यस कम्पनीको खुद बिमा शुल्क र बिमा कोषको आकार पनि बढेको छ । 

Advertisement

यस अवधिसम्म आउदा कम्पनीको बिमा कोषको आकार ९३ दशमलव ०५ प्रतिशतले बढेर नौ करोड २९ लाख २५ हजार रुपियाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीको बिमा कोष चार करोड ८१ लाख ३५ हजार रुपियाँ थियो । 

यता कम्पनीले यस अवधिसम्म खुद बिमा शुल्क ६१ दशमलव ६४ प्रतिशतले बढेर २९ करोड ९० लाख ४ हजार रुपियाँ पुगेको छ । गत वर्षको यसै अवधिमा यस कम्पनीको बिमा शुल्क १८ करोड ४९ लाख ७७ हजार रुपियाँ थियो । 

अजोडले यस त्रैमाससम्म आउदा ५० करोड २९ लाख ३९ हजार रुपियाँ दावी भुक्तानि गरेको छ । भुक्तानी गर्न बाँकी रकम ४३ करोड ९३ लाख ५० हजार रुपियाँ छ । प्रतिसेयर आम्दानी ८ रुपियाँ १५ पैसा छ । 


 

Advertisement

Advertisement