शेयर बजार ओरालो झर्दा महिला लघुवित्त सबैभन्दा बढी घट्यो, एनसीसी र कुमारीको उच्च कारोबार

Advertisement

काठमाडौँ । साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज बजार १८.५६ अंकले घटेको हो । ०.७० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६१८.५६ अंकमा ओर्लिएको छ । 

बजार ओरालो लागे पनि कारोबार रकम भने उत्साहजनक नै छ । आज २१९ कम्पनीका १ करोड २७ लाख २८ हजार १ सय २५ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७ सय ७१ रुपियाँ बराबरको कारोबार भएको हो ।

Advertisement

बजार घटेको दिन आज सबै समूहमा रातो पोतिएको छ । सबैभन्दा बढी जीवन बीमा समूह १४७.६४ अंकले घटेको हो । 

नेप्सेका अनुसार समता घरेलु लघुवित्त र रु रु जलविद्युत परियोजनाका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । समता घरेलुको शेयर मूल्य ९.९९ प्रतिशत र रु रु को शेयर मूल्य ९.८२ प्रतिशतले बढेको हो । 

शेयर कारोबार भएका दिनदेखि लगातार बढिरहेको महिला लघुवित्तको शेयर मूल्य आज सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । प्रतिशेयर मूल्य ५ हजार भन्दा बढी पुगेको महिला लघुवित्तको आज एकै दिन रु. ५०३ घटेर रु. ४५२७ मा झरेको हो । 

नेप्सेका अनुसार आज २ वाणिज्य बैंकको उच्च कारोबार भएको छ । एनसीसी बैंकको २८ करोड ८६ लाख ५२ हजार ३ सय २१ रुपियाँ र कुमारी बैंकको २८ करोड ३४ लाख ८४ हजार ५ सय १३ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

Advertisement

Advertisement