कुन राशिमा पर्नेलाई आज (वैशाख २७)को दिन बढि फलदायी होला ?

Advertisement

आज २०७८ वैशाख महिनाको २७ गते सोमबार, वैशाख कृष्णपक्षको चतुर्दशी तिथि ।

मेष 
मनमा उदासिनता हुने छ । नेतेत्वदायी भुमकामा भने विकास हुने छ । पेशागत जीवन तथा ब्यवसायमा समय धेरै अनुकुल नदेखिए पनि धेरै प्रतिकुल पनि बन्ने छैन् । आम्दानीमा केही बृद्धि हुन पुग्ने छ । केमिकलको कारोवार, ठेक्का पट्टा, श्रम क्षेत्र, फलाम, उद्योग कलकारखाना, विषादीको ब्यापार, औषधी, सिमेण्ट, फलामे डण्डी आदी जस्ता ब्यवसायमा संलग्नहरुलाई फाइदा मिल्ने छ । आत्माबल बलियो हुने छ । शेयर बजार सकारात्मक रहने छ । 

Advertisement

वृष 
ब्यक्तित्वमा प्रभावकारीपना देखिन्छ । पेशागत तथा ब्यावसायिक जीवनमा केही सकारात्मकता थपिने छ । मनमा भने दुविधा बढ्ने छ । उदासिनताको मात्रा देखिने छ । भाग्यको बलियो साथ रहेकाले परिस्थिति संहालिनका लागि बल प्रदान हुने छ । प्राज्ञिक क्षेत्र, शिक्षा क्षेत्र, किराना पसल, दैनिक उपभोग्य सामानको ब्यापार गर्नेहरुलाई फाइदा मिल्ने छ । शेयर बजार सकारात्मक रहे पनि बढि महत्वाकांक्षी हुने बेला भने रहेको छैन् । 

मिथुन 
सुरो खाले ब्यक्तित्व हुने छ । रिस अलि बढि हुने भएकाले रिस नियन्त्रणमा ध्यान दिएमा ठिक हुने छ । धन सम्पत्तिमा केही बृद्धि हुने छ, तर मनमा भने असन्तुष्टि भाव निरन्तर रही रहने छ । परिवारका सदस्यहरुले गरेको योगदानको त्यत्ति कदर नगर्ने मनमा विचार उत्पन्न हुने भएकाले यसबारेमा विचार पु¥याउँदा वाञ्छनीय हुने छ । छापाखाना, शिक्षण, पुस्तकको ब्यापार, शिक्षा क्षेत्र, स्टेशनरी, प्राध्यापक, अध्यापक जस्ता क्षेत्रमा संलग्नहरुका लागि केही सकारात्मक देखिन्छ । शेयर बजार अनुकुल देखिँदैन् । 

कर्कट
आफ्नो कर्म र पेशा तथा ब्यवसायप्रति कटिबद्ध हुने ब्यक्तित्व हुने छ । आफ्नै भुमिका र सक्रियतामा पेशागत र ब्यापार ब्यवसायमा सक्रियता बढ्ने छ । अरुको विश्वास जित्न सक्ने शक्ति पैदा हुन्छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । स्टेसनरी, शिक्षा क्षेत्र, प्राज्ञिक क्षेत्र, अध्ययन अध्यापन, धार्मिक क्षेत्रमा सक्रिय ब्यक्तिहरुमा समय प्रतिकुल रहेको देखिन्छ । शेयर बजारमा धेरै जोखिम मोल्ने समय देखिँदैन । 

सिंह
भाग्यको साथ रहँनाले प्रतिकुलतासँग जुध्ने तागत पैदा हुने छ । पेशागत र ब्यावसायिक जीवनमा नकारात्मकता देखिने छैन्, तर धेरै अनुकुल समय पनि रहेको छैन् । राखिएका लक्ष्य प्राप्त हुने छन्, आम्दानीमा केही बृद्धि हुने छ । कपडा, ठेक्का पट्टा, औषधी, सौन्दर्य प्रशाधनका सामान, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामान आपूर्ति जस्ता क्षेत्रमा संलग्नहरुको आम्दानीमा बढोत्तरी हुने छ । शेयर बजारमा सकारात्मक नतिाजा देखा पर्ने छ । 

कन्या
आम्दानी खेर जाने छ । सोचेका लक्ष्यहरु पुरा हुने छैनन् । मनमा उत्साह र उमङ्गको कमि हुने छ भने निराशाले सताउने छ । दाम्पत्य जीवनमा कटुता उत्पन्न हुने छ । साझेदारीमा गरिएका कामहरुमा असमझदारी उत्पन्न हुने भएकाले सतर्कतासहित हिड्नु होला । इन्जिनियरिङ्ग, राजनीति, प्रशासन, निजामति, ठेक्का पट्टा, ज्वेलर्स जस्ता पेशामा आबद्धहरुको हकमा प्रतिकुल समय सक्रिय रहेको छ । शेयर बजारमा अनुकुल देखिन्छ । 

तुला 
जीवनसाथिको साथ लिएर काम गरेरमा पेशा ब्यवसायमा मद्धत पुग्ने छ । साथै आम्दानीमा पनि बृद्धि हुने छ । भाग्यहिनताको आभाष हुने भएकाले काममा बिलम्बता हुने छ । परिवारको साथ पाइने हुनाले प्रतिकुलतामा पनि ढाडस मिल्ने छ । राजनीति, प्रशासन, ब्यवस्थापन, ज्वेलर्स जस्ता क्षेत्रमा सक्रियहरुलाई समय केही अनुकुल रहेता पनि स्टेसनरी, इन्जिनियरिङ्ग, पुस्तक, छापाखाना, प्रेस जगत, आम संचारमाध्यम, पत्रकारिता, बाचन पेसा, ब्युटिसियन जस्ता क्षेत्रमा सक्रियहरुको पेशागत जीवनमा समस्या आउने छ । शेयर बजार अनुकुल देखिँदैन् ।

वृश्चिक
समय प्रतिकुल रहेकाले धैर्यताको खाँचो देखिन्छ । नकारात्मक विचार र निराशाले सताउने छ । मनमा दुबिधा हुने भएकाले निर्णय क्षमतामा कमि आउन जाने छ । शरीरमा कमजोरीले सताउने छ । रियल स्टेट, ठेक्का पट्टा, होटल, रेष्टुरेण्ट, डान्सबार, सुरक्षा निकाय, सर्जरी आदीमा कार्यरतहरुको पेशागत जीवनमा अबरोधहरु आउने छन् । नेतृत्व क्षमतामा कमि हुने भएकाले प्राप्त जिम्मेबारी निर्वाह गर्न कमजोरी देखिने छ । शेयर बजार भने सकारात्मक रहेको छ ।

धनु 
भाग्यको बलियो साथ रहेको छ । जसले मनमा दृढता दिने छ । तर आन्तरिक चतु¥याई र सक्रियतामा कमि आउन जाने छ । पेशागत जीवनमा विभिन्न अवरोध तथा समस्याहरु उत्पन्न हुने भएकाले सतर्कताको आश्यकता छ । खासगरी बोल्दा र बाणिलाई नियन्त्रणमा राख्दा उपयुक्त हुने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद चर्किन जाने छ । पत्रकारिता, ब्यवस्थापन, बाणिज्य, बैंकिङ्ग तथा वित्त क्षेत्रमा सक्रियहरुको पेशागत जीवनमा कठिनाई उत्पन्न हुन जाने छ । शेयर बजार अनुकुल रहेको छ । 

मकर 
उच्च मनोबल हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा पनि बृद्धि हुने छ । तर रिस नियन्त्रण गर्न नसके अरुसँग अमिजासिलो स्वाभावको ब्यक्तित्व बन्न जाने छ । आम्दानीमा केही बृद्धि हुने छ । पारीवारिक जीवनमा सुमधुरताको कमि आउने छ । खोज तलास, गुप्तरी, अन्तर्राष्ट्रिय सम्बन्धको क्षेत्र, कुटनीति, पुरातात्विक क्षेत्र, अनुसन्धान जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा हुने समय छ । शेयर बजार धेरै प्रतिकुल नभए पनि धेरै अनुकुल पनि छैन्, संयमताको आवश्यकता पर्दछ । 

कुम्भ 
जीवनसाथिको साथले मेहनत र पराक्रमि स्वाभावको बनाउने छ । पेशागत जीवनमा केही शिथिलता आउने र नकारात्मक भावना उत्पन्न हुने भएकाले संयमित भएर अघि बढ्नु हुँदा ठिक हुन जाने छ । परिवारको सदस्यहरुको माया ममता र साथ पाइने छ । आम्दानीमा बृद्धि हुने छ । सवारीसाधन, वाहन, सजावटको कारोवार, रियल स्टेट, सवारीसाधन, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय सकारात्मक छ । शेयर बजारको हकमा समय अनकुल बन्न सकेको छैन् । 

मीन
परिवारको सदस्यहरुका बीचमा नेतृत्वको विषयमा टकराव उत्पन्न हुने छ । भाग्यको साथ रहेकाले सुख सुविधा तथा मनमा सन्तोष प्राप्त हुने छ । पेशागत जीवनमा समस्याहरु निम्तिने छन् भने आम्दानीमा भने केही सकारात्मक संकेतहरु देखा पर्ने छन् । भाडाका सवारीसाधन, सामान ढुवानी, ठेक्का पट्टा, सिमेण्ट, फलाम, रियलस्टेट, विषादीको कारोवार गर्नेहरुलाई फाइदा मिल्ने छ । शेयर बजारमा धेरै उत्साहि हुने बेला देखिँदैन् । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement