एसईई र कक्षा १२ को परीक्षा यस बर्ष पनि प्रभावित, स्थगित गर्ने निर्णय

Advertisement

काठमाडौँ । यस वर्षको एसईई र कक्षा १२ को परीक्षा पनि प्रभावित भएको छ । सरकारले कोरोनाको कारण देखाउँदै परीक्षा स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

बोर्डले एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने निर्णय गरेको थियो । तर कोरोना संक्रमणको दोस्रो लहर बढ्ने क्रम जारी रहेको र त्यसको नियन्त्रणको लागि धेरै जिल्लाहरूमा निषेधाज्ञा जारी गरिएपछि परीक्षा स्थगित गर्न बोर्ड बाध्य भएको हो । बोर्डले अबको १५ दिनभित्र अबको परीक्षाको मोडल तयार गर्नेछ । 

Advertisement

Advertisement

Advertisement