प्रभु सेलेक्ट फण्डको १ अर्ब बराबरको प्राथमिक निष्काशन जेठ ५ गतेदेखि

Advertisement

काठमाडौँ । प्रभु सामुहिक लगानी कोष अन्तरगत प्रभु सेलेक्ट फण्डले आगामी जेठ ५ गतदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ । 

Advertisement

निष्काशित कुल इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात १० लाख इकाई गरी कूल १५ प्रतिशत अर्थात १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन् । 

फण्डको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गतेबाट छिटोमा जेठ ९ गतेभित्र आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेठ १९ गतेसम्म इकाई बिक्री खुला रहने छ ।

Advertisement

Advertisement