काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा २ करोड १३ लाख २१ हजार ८ सय ७९.७९ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक वाणिज्य बैंक, एक विकास बैंक र एक लघुवित्तको उक्त बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
यसैक्रममा प्राइम कमर्सियल बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बराबरको १ करोड ९ लाख ७७ हजार ८ सय ७४.२५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यसैगरी सहारा विकास बैंकले शेयरधनीहरुलाई प्रदान गरेको २३ प्रतिशत बोनस बापतको १ लाख ६७ हजार ८ सय ८८.०२ कित्ता शेयर पनि आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।
यसैबीच गणपति लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १५ प्रतिशत बोनस बापतको १ लाख ६६ हजार १ सय ७७.५० कित्ता शेयर पनि आजै सूचीकृत भएको छ ।