सर्वोत्तम सिमेन्टले हस्तान्तरण गर्यो मेडिकल उपकरण

Advertisement

काठमाडौँ । सर्वोत्तम सिमेन्टले सामाजिक उत्तरदायित्वको प्रतिबद्धता पूरा गर्दै सुनवल नगरपालिका स्थित अस्पतालका लागि अत्यावश्यक मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ । 

आइतबार कम्पनीका तर्फबाट नारायणप्रसाद पाण्डेयले सुनवल नगरपालिकाका नगर प्रमुख भिमबहादुर क्षेत्री तथा उप–प्रमुख दधिराम अर्याललाई उक्त उपकरणहरु हस्तानतरण गरेका हुन् । कम्पनीले १० सेट बेड, इसीजी मेशिन तथा १० थान अक्सीजन फ्लोमिटर लगायत आईसीयू कक्षलाई आवश्यक पर्ने अन्य विभिन्न उपकरणहरु प्रदान गरेको हो । 

Advertisement

अहिलेको यस अप्ठ्यारो परिस्थितिमा उक्त उपकरणहरुले सुनवल नगरपालिको स्वास्थ्य व्यवस्थामा थप सहयोग पु¥याउने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आइएसओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण-मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओपिसि र सौरभ ग्रिन पिपिसि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । 

उद्योगद्वारा उत्पादित सिमेन्टको मसिनोपन प्रतिग्राम ४५०० सेमि सम्म रहेको छ । यति मात्र नभई आफ्नै इस्टिम इन्जिनबाट विद्युत उत्पादन गरी सिमेन्टको गुणस्तरमा एक रुपता प्रदान गर्न कम्पनीले नेपालमै पहिलो पटक एक्स-रे डिफ्राक्सन मेशिनको प्रयोग गर्दै आएको छ ।

यसैगरी सर्वाेत्तम सिमेन्टले अब आफ्नो उद्योेगको उत्पादन क्षमता २५,००० बोरा प्रति दिन बाट बढाई ६०,००० बोरा बनाएको छ । साथै देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत सर्वाेत्तम सिमेन्ट रोजाइमा पर्दै उपयोग हुँदै आएको छ ।
 

Advertisement

Advertisement