संसद विघटन हुन नदिने भए मलाई विश्वासको मत दिनुस्ः ओली

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसद विघटन नहोस् भन्ने चाहेको हो भने आफूलाई विश्वासको मत दिन अन्य दलका साँसदहरूलाई आग्रह गरेका छन् । 

संसदमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा सोमबार उनले विश्वासको मत नपाए संसद विघटन गर्ने संकेत गर्दै संसद विघटन गर्ने चिन्ता भए आफूलाई विश्वासको मत दिन आग्रह गरे । 

Advertisement

उनले संसदले आदेश दिएमा आफू सरकारको नेतृत्वमा नरहने पनि बताए । ओलीले भने, ‘मैले सरकारको नेतृत्व गर्न जरुरी छ कि छैन ? संसदले आदेश देओस् । छैन भने संसदको आदेशसँगै मार्गप्रशस्त भइहाल्छ । यसमा कुनै जालझेल षड्यन्त्र छैन ।’

Advertisement

Advertisement