केपी ओलीले विश्वासको मत पाएनन्, आजै राजीनामा दिने संभावना

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले संसदबाट विश्वासको मत पाउन असफल भएका छन् । आज भएको मतदानमा प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत प्राप्त भएको छ भने उनको विपक्षमा १२४ मत खसेको छ ।

कुल २३२ साँसदले मत जाहेर गरेको आजको निर्वाचनमा १५ जना भने तटस्थ बसेका थिए । बहुमतका लागि १३६ मत ल्याउनुपर्ने थियो । बहुमतका लागि १३६ मत ल्याउनुपर्ने थियो । एमालेका माधव नेपाल पक्षीय साँसदहरूले आजको बैठक बहिस्कार गर्दा ओलीले मत कम पाएका हुन् । 

Advertisement

संसदमा अल्पमतमा परेसँगै ओलीले आजै राजीनामा दिने संभावना रहेको जानकारहरू बताउँछन् । यद्यपि अर्को सरकार नबन्दासम्म उनी नै प्रधानमन्त्रीको रुपमा काम गर्नेछन् । 

अर्को बहुमतको सरकार बन्न नसकेमा ठूलो दलको हैसियतमा एमालेले नै सरकार बनाउने भएकाले ओली फेरि प्रधानमन्त्री हुने संभावना रहेको छ । त्यसरी प्रधानमन्त्री भएमा उनले एक महिनाभित्र विश्वासको मत फेरि लिनुपर्ने हुन्छ । त्यति बेला पनि उनलाई बहुमत नमिल्ने संभावना छ । त्यो अवस्थामा उनले संसद विघटन गर्ने संभावना धेरै रहेको राजनीतिक पण्डितहरूको अनुमान छ । 

Advertisement

Advertisement