‘संविधानको धारा ७६(५) अनुसारको सरकार माग्नुपथ्र्यो, काँग्रेसले झन ओलीलाई सहज गरिदियो’

Advertisement

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले संविधानको धारा ७६ (५)अनुसारको सरकार गठन गरिनुपर्नेमा धारा ७६ (२)को सरकार गठन प्रक्रिया अघि बढ्नु गलत भएको बताएका छन् । 

ट्विटरमा टिप्पणी गर्दै उनले धारा ७६ (२) अनुसारको सरकार मागेर काँग्रेसले गलत काम गरेको भन्दै यसले केपी ओलीलाई फेरि आउन बाटो सहज गरिदिएको तर्क गरेका छन् । 

Advertisement

आचार्य लेख्छन्, ‘माओवादी केन्द्रले समर्थन फिर्ता लिए पछि  सरकार धारा ७६ (३) अर्थात अल्पमतमा परिणत भएको थियो । आज प्रतिनिधिसभामा मतदान हुँदा प्रधानमन्त्रीको आफ्नो दल मात्र सरकारमा थियो। यस हिसाबले अब अर्को सरकार ७६ (५) बमोजिम गठन हुनु बढी उपयुक्त हुनेछ । ओली सरकारको कथा रोचक छ। शुरूमा ७६ (२) बमोजिम गठन भयो । नेकपा गठनले ७६ (१) बनायो । फागुन २३ को फैसलाले फेरी ७६ (२) बनायो ।माओवादीको समर्थन फिर्ता ले ७६ (३) बनायो ।अहिले भर्खरै जारी भएको राष्ट्रपतिको बिज्ञप्तिले ७६ (२)  नै मानेर पुनः २ कै  सरकारको माग गर्यो । यसको अर्थ २ पछि ३ मा जाने भयो। प्रतिपक्षले ७६ (२) को माग गर्यौ,  जुन गलत थियो । यसले फेरी ओली सरकार ७६ (३) बमोजिम आउने ढोका खोलि दियो ।

Advertisement

Advertisement