नेप्से उकालो लागेसँगै कारोबार रकम पनि बढ्यो, ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाए

Advertisement

काठमाडौँ । शेयर बजारमा आज पनि उत्साह छाएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)का अनुसार आज बजार २७.४७ अंकले बढेको हो । १.०४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६७३.३१ अंकमा उक्लिएको छ । बजार हिजो पनि २७.४१ अंकले बढेको थियो । 

नेप्सेक अनुसार आज २२० कम्पनीको १ करोड ८ लाख १९ हजार ५ सय ३५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८१ करोड ६ लाख ७३ हजार ७१ रुपियाँ बराबरको कारोबार भएको छ । 

Advertisement

बजार दोहोरो अंकले बढ्दा सबै समूहमा हरियाली छाएको छ । आज सबैभन्दा बढी जीवन बीमा समूह २६७.१८ अंकले बढेको हो । 

आज विभिन्न ५ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत भन्दा बढी नाफा कमाएका छन् । बोटलर्स नेपाल(तराई) लिमिटेडको १० प्रतिशत, रु रु जलविद्युतको ९.९७ प्रतिशत, यूनाइटेड मोदी हाइड्रोको ९.९१ प्रतिशत, गुहेश्वरी मर्चेन्टको ९.८८ प्रतिशत र समता घरेलु लघुवित्तको शेयर मूल्य ९.०५ प्रतिशतले बढेको हो । 

आज सबैभन्दा बढी विशाल बजार कम्पनीका लगानीकर्ताहरुले घाटा व्यहोरेका छन् । बिशाल बजारको शेयर मूल्य १० प्रतिशतले घटेको हो । 

नेप्सेका अनुसार आज पनि नेपाल पुनर्बीमा कम्पनीको उच्च कारोबार भएको छ । पुनर्बीमा कम्पनीको ७६ करोड ६५ लाख ३४ हजार ४ सय १८ रुपियाँ बराबरको शेयर किनबेच भएको हो । 

नेप्से परिसूचक बढेसँगै आज हिजोको तुलनामा कारोबार रकम समेत बढेको छ । हिजो ४ अर्ब २० करोड ३८ लाख ३२ हजार ७ सय ८९ रुपियाँ बराबरको मात्रै कारोबार भएको थियो । 

साताको पहिलो दिन आइतबार भने नेप्से १८.५६ अंकले घट्दा ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार ७ सय ७१ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement