ठूला दलमा नेता नै भेटिएन्, बरु महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाऔंः त्रिताल

Advertisement

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले ठूला दलका नेतालाई भन्दा बरु जनता समाजवादी पार्टीका नेता महन्त ठाकुरलाई प्रधानमन्त्री बनाउनु ठिक हुने तर्क गरेका छन् । 

बालुवाटारको सरकारी जग्गा अनियमितताको छानबिन गरी सार्वजनिक गर्ने आँट गर्ने पूर्वसचिव त्रितालले ठाकुर प्रधानमन्त्रीका लागि उपयुक्त व्यक्ति रहेको बताएका छन् । 

Advertisement

सामाजिक सञ्जालमा उनको टिप्पणी यस्तो छः 

माननीय महन्थ ठाकुर प्रधानमन्त्रीको उपयुक्त उम्मेद्वार ! 
मेरो विचारमा अबको प्रधानमन्त्रीमा माननीय महन्थ ठाकुर उपयुक्त हुनुहुन्छ ।

किनभने,
१. संघीय संसदमा सबैभन्दा ठूलो दल छलतन्त्र, डनतन्त्र र धनतन्त्रको चक्करमा लाग्दा लाग्दै दुई तिहाइको बहुमतबाट एकतिहाइमा झर्दै सत्ताच्यूत हुन पुगेकोछ ।

२. दोस्रो ठूलो दलमा सक्षम नेतृत्वको सख्त अभाव छ । त्यसैले, उसले २०५२ सालदेखि पटक पटक प्रधानमन्त्री भएर प्रत्येक पटक असफल भएका व्यक्तिलाई नै फेरि पनि प्रधानमन्त्रीको उम्मेद्वार बनाएको छ ।

३ तेस्रो ठूलो दल ‘गन’तन्त्रको माध्यमबाट धनतन्त्र जोहो गर्ने मात्र उद्देश्य राखी अग्रसर भएको हुँदा उसका नेताबाट सुशासनको आशा गर्ने ठाउँ नै छैन ।

४. माननीय महन्थ ठाकुर हालका राष्ट्रियस्तरका नेताहरुमध्ये वरिष्ठ र मान्य हुनुहुन्छ । उहाँलाई प्रधानमन्त्री बनाउन शायद सबैले स्वीकार पनि गर्छन् ।

५. उहाँ प्रजातान्त्रिक मूल्य मान्यताका लागि शिक्षित, प्रशिक्षित र त्याग गरेको नेता हुनुहुन्छ ।

६. उहाँ शालिन र प्रष्ट विचार भएको व्यक्ति हुनुहुन्छ ।

७. उहाँ विगतमा मन्त्री हुँदा भ्रष्टाचारले नगनाएका सीमित व्यक्तिमध्येमा एक हुनुहुन्छ ।

८. उहाँ मधेशी समुदायबाट राष्ट्रिय नेतृत्व गर्न उपयुक्त व्यक्ति हुनुहुन्छ ।

९. बारम्बार उठ्ने गरेका मधेश मुद्दाको सम्बोधन गर्न मधेशी नेता नै प्रधानमन्त्री हुनु सान्दर्भिक पनि हुन्छ ।

Advertisement

Advertisement