कोरानाले एकैदिन २२५ को मृत्यु, २४ घण्टामा ९४८३ संक्रमित थपिए

Advertisement

काठमाडौं । कोरोना भाइरस संक्रमण (कोभिड-१९) कार कारण एकै दिन २२५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको आधारमा कोरोनाबाट मृत्यु हुनेको संख्या सार्वजनिक गरिएको हो ।

नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार नाघेको छ। पछिल्लो २४ घन्टामा ९४८३ संक्रमित थपिएका छन् । यो संख्यासँगै सक्रिय कोरोना संक्रमितको संख्या नै ९७ हजार पुगेको छ । 
पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजरा ३१६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण देखिएको हो।

Advertisement

पछिल्लो २४ घण्टाको अवधिमा ५ हजार २२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो तथ्यांकसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ।


 

Advertisement

Advertisement