राशिफलः आज (बैशाख २९)को तपाईंको दिन कस्तो रहला ? (आर्थिक लाभ हानीसहित)

Advertisement

आज २०७८ वैशाख महिनाको २९ गते बुधबार, वैशाख शुक्लपक्षको प्रतिपदा तिथि ।

मेष 
आत्माबल बलियो हुने छ । भित्रि बुद्धि र चतु¥याईका कारण कठिनाईसँग जुध्ने तागत प्राप्त हुने छ । नेतृत्वदायी क्षमतामा पनि बृद्धि हुने छ । सामान्यतया उमङ्गमा रहने मन अकस्मात उदासिनताले छाउने जस्तो भइरहने छ । पेशागत जीवनको बलमा आम्दानीमा बृद्धि हुने छ । खासगरी कोइलाको कारोवार, फलाम, श्रम आपूर्ति, ठेक्कापट्टा, ग्रिल उद्योग, उद्योग, कलकारखाना जस्ता क्षेत्रका पेशामा झिनो भए पनि सकारात्मकता देखा पर्ने छ । सूचना प्रविधिमा आवद्धहरुको हकमा समय अनुकुल देखिन्छ । शेयर बजारबाट लाभ प्राप्त हुने छ । 

Advertisement

वृष 
ब्यक्तित्वमा प्रभावकारीपना विकास हुने छ । पेशागत तथा ब्यावसायिक जीवनमा सकारात्मक देखिने छ । तर मनमा भने उदासिनता र दुविधाले ग्रस्त बनाउने छ । नेतृत्व क्षमतामा गिरावट आउने भएकाले सबैलाई समेटेर लैजाने खुवीमा कमि आउने छ । अध्यापन, शिक्षण पेशा, किराना पसल, दैनिक उपभोग्य सामानको ब्यापार, प्राज्ञिक क्षेत्र, लेखन जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय केही अनुकुल देखिन्छ । शेयर बजार सकारात्मक रहेको छ । 

मिथुन 
उच्च मनोबल हुने छ, जसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । तर रिस कडा हुने भएकाले यसबारेमा संयमित रहनु होला । आम्दानीमा बृद्धि हुन जाने भएकाले दृढखाले ब्यक्तित्व हुने छ । बोलीको प्रभाव घट्न पुग्दा ब्यक्तित्वको गरिमामा आँच आउने भएकाले बाणिमा नियन्त्रण राख्नु होला । 
श्रम समस्या उत्पन्न हुने छ । उद्योग कलकारखाना, ग्यारेज, ग्रिल उद्योग, नट बल्टुको कारोबार, सार्वजनिक यातायात, भाडाका गाडि जस्ता क्षेत्रमा संलग्नहरुका लागि समय अनुकुल छैन् । शेयर बजार अनुकुल रहेको छैन् । 

कर्कट
कर्मशिल ब्यक्तित्व बन्ने छ । तर आफुले गरेका कर्मको उचित मुल्यांकन भने कम नै हुने छ । अरुको विश्वास जित्ने सकिने छ । आफ्नो कर्म र पेशा तथा ब्यवसायप्रति समर्पित हुने जाँगर र उर्जा प्राप्त हुने छ । भाग्यको साथ कम रहेकाले अपजस ब्योहर्नु पर्ने छ । साझेदारीमा गरिएका कामहरुबाट फाइदा मिल्ने छ । पैतृक सम्पत्तिको परिचालनबाट लाभ मिल्ने छ । राजनीति, प्रशासन, नेतृत्व, क्षेत्रमा सक्रियहरुलाई अनुकुल देखिन्छ । शेयर बजारमा धेरै उत्साहि हुने समय छैन् । 

सिंह
ब्यक्तित्वको कदर हुने छ । भाग्यको बलियो साथ रहेकाले आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत र ब्यावसायिक जीवनमा औसत समय रहेको छ । जीवनमा राखिएका लक्ष्य र महत्वाकांक्षा पुरा हुन केही समय लागेता पनि ढिला गरि भए पनि ती पुरा हुने छन् । प्रशासनक क्षेत्र, ब्यवस्थापन, बैंकिङ्ग, बीमा, औषधी आपूर्ति, कपडा, ठेक्का पट्टा, सौन्दर्य प्रशाधनका सामान, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामानको आपूर्ति जस्ता क्षेत्रमा संलग्नहरुको हकमा समय शुभ रहेको छ । अन्यको हकमा समय सामान्य छ । शेयर बजार सकारात्मक देखिन्छ । 

कन्या
समय अलि प्रतिकुल रहेकाले धैर्य भएर रहनु होला । मनले ठानेका लक्ष्यहरु पुरा हुने छैनन् । मनमा उदासिनता बढ्ने छ । आफुले मेहनत गरेर कमाएको धनको सदुपयोग हुन नसक्ने भएकाले यसबारेमा गम्भीर बन्नु होला । साझेदारमा गरिएका कामहरुमा अबरोधहरु आउने छन् । साथै दाम्पत्य जीवनमा पनि असमझदारीहरु देखा पर्ने छन् । पत्रकारिता, ब्यवस्थापन, वाणिज्य, उपभोग्य सामानको कारोवार, तेल, खाने तेल आदी जस्ता क्षेत्रमा संलग्नहरुलाई फाइदा मिल्ने छ । अरुको हकमा समय सामान्य रहेको छ । शेयर बजार भने अनुकुल रहेको छ । 

तुला 
कमजोर ब्यक्तित्व हुने छ । अरुले हेप्न खोज्ने छन् । खासगरी कार्यालय तथा ब्यवसायमा आफु भन्दा माथिका बोसहरुले कामको कदर गर्ने छैनन् भने मनमुटावको खतरा रहेकाले संयमित रहन सिक्नु होला । भाग्यहिनता हुने भएकाले कर्मशिलताको अभाव हुने छ । कठिनाईमा परिवारको साथ रहने हुनाले केही राहत भने अवश्य मिल्ने छ । जीवनसाथिको साथसहित अघि बढेमा पेशा तथा ब्यवसायमा सकारात्मकता थपिने छ । स्टेसनरी, पुस्तक, छापाखाना, प्रेस जगत, इन्जिनियरिङ्ग, आम संचारमाध्यम, पत्रकारिता, सौन्दर्य ब्यवसाय जस्ता क्षेत्रमा सक्रियहरुको पेशागत जीवनमा समस्याहरु निम्तिने छन् । शेयर बजार भने अनुकुल देखिँदैन् ।

वृश्चिक
समय अलि नकारात्मक चलिरहेकाले संयमित भएर मात्र निर्णयहरु लिनु होला । शरीरमा आलस्यताले सताउने छ । नकारात्मक विचारहरु एक पछि अर्काे गरि आउने छन् । यसले मनमा निराशा छाउने छ । जसले गर्दा निर्णय क्षमतामा ह्रास आउने छ, ढुलमुले स्वाभाव देखा पर्ने छ । ठेक्का पट्टा, डान्सबार, सुरक्षा निकाय, सर्जरी होटल तथा रेष्टुरेण्ट, घर जग्गाको कारोवार आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा पेशागत जीवनमा समस्याहरु देखा पर्ने छन् । नेतृत्व क्षमतामा कमि आउने भएकाले अरुले पत्याउने छैनन् । शेयर बजार भने सकारात्मक हुने छ ।

धनु 
समय केही सकारात्मक देखिन्छ । भाग्यको बलियो साथ रहेकाले दृढ खाले ब्यक्तित्व बन्ने छ । मनमा पनि दृढता उत्पन्न हुने छ । तर थालि सकेका कामहरुलाई पूर्णतातर्फ लैजान चाहिने उर्जाको अभावले गर्दा ती कामहरुमा अन्योलता आउने छ । बोलीको प्रभाव नहुने भएकाले यसबारेमा गम्भीर भई बिनम्र हुने प्रयास गर्नु होला । पेशागत जीवनमा विभिन्न अवरोध तथा समस्याहरु उत्पन्न हुने भएकाले निकै संयमित रहनु होला । साझेदारीमा गरिएका कामहरुमा बिबाद उत्पन्न हुने छ । बैंकिङ्ग तथा वित्त क्षेत्र, बाणिज्य, पत्रकारिता, ब्यवस्थापन, जस्ता क्षेत्रमा सक्रियहरुको हकमा पेशागत क्षेत्रमा कठिनाईहरु उत्पन्न हुने छन् । शेयर बजारमा भने अनुकुल नतिजा देखिने छ । 

मकर 
मनोबल उच्च हुने भएकाले दृढ खाले ब्यक्तित्व हुने छ । कठिन परिस्थितिसँग नआत्तिने स्वाभाव बृद्धि हुने छ । आम्दानीमा पनि केही बृद्धि हुन जाने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने छ । यससँगै अति धेरै रिसालु स्वाभाव हुने भएकाले रिस नियन्त्रण गर्न नसके झैझगडा तथा अनावश्यक द्वन्द चर्किने भएकाले यसबारेमा निकै गम्भीर बन्नु होला । पारीवारिक द्वन्द देखा पर्ने भएकाले सकभर परिवारका सदस्यहरुका बीचमा बादबिबाद कम गर्नु भए उत्तम हुने छ । मनो परामर्श, कुटनीीत, अनुसन्धान, खोज, गुप्तरी, अन्तर्राष्ट्रिय सम्बन्ध, पुरातात्विक क्षेत्र जस्ता बिधामा रहेकाहरुलाई अनुकुल समय छ । शेयर बजार नत नाफ नत घाटाको अवस्था देखा पर्ने छ । 

कुम्भ 
यात्रामा अवरोध आउने छ । आम्दानीमा झिनो बृद्धि हुने छ । पेशागत जीवनमा केही अप्ठ्याराहरु आउने भएकाले संयमित रहनु होला । जीवनसाथिको साथ लिएर अघि बढेमा मनोबल र ढाडस प्राप्त हुन जाने छ । परिवारको सदस्यहरुले सहयोग गर्ने छन् । सजावटको सामान, सर्जरीका सामान, औषधी, मेकअप, घर जग्गाको कारोवार, सवारीसाधन, सवारीसाधन, नारी प्रधान सौन्दर्यका प्रशाधन जस्ता क्षेत्रमा आवद्धहरुका लागि केही अनुकुलता थपिने छ । रोगब्याधीले सताउन सक्ने खतरा रहेकाले सतर्क रहनु होला । शेयर बजारको हकमा औसत अवस्था रहने छ । 

मीन
मनमा सुख र सन्तोष प्राप्त हुने छ । भाग्यको बलियो साथ रहेकाले चुनौति सामना गर्ने तागत पैदा हुने छ भने चुनौतिको अवस्थामा धैर्यता प्राप्त हुने छ । पारीवारिक तनाव उत्पन्न हुने भएकाले यसले मनमा तिक्तता बृद्धि गर्ने छ । पेशागत जीवनमा विभिन्न खाले आरोपहरु खेप्नु पर्ने समय सक्रिय भएकाले धैर्यता र संयमतालाई नगुमाउनु होला । आम्दानीमा हुने थोरै बृद्धिले मनमा शान्ति मिल्ने छ । रसायनीक मल, सामान ढुवानी, ठेक्का पट्टा, सिमेण्ट, फलाम, ग्रिल, घर जग्गाको कारोवार, भाडाका सवारीसाधन, विषादीको कारोवार गर्नेहरुलाई केही फाइदा मिल्ने समय छ । शेयर बजार धेरै उत्साही हुने समय छैन् । 

(गुरु पन्त ज्योतिषी, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement