साधना लघुवित्तद्वारा एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

Advertisement

काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाले सामारी टन ट्रष्टलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको उक्त वित्तीय संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामारी टन ट्रष्ट काठमाडौँलाई रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रेशम न्यौपानेले नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्य सामग्री सहयोग गरेको जानकारी दिए । 

Advertisement

“अतिविपन्न, असहाय, अपाङ्गता भएका व्यक्ति र मजदूर परिवारलाई सहयोग गर्ने लक्ष्यअनुसार स्थापना भएको सामरी टन ट्रष्टलाई हामीले मास्क, स्यानिटाइजर, पञ्जा, साबुन, फेसशिल्ड सहयोग गरेका हौँ”, उनले भने । 

वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले लक्षित समुदायको मनोबलमा थप योगदान पुग्ने विश्वाससमेत लिइएको छ । वित्तीय संस्थाले यसअघि पनि विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत गर्ने सिइओ न्यौपानेले बताए । 

Advertisement

Advertisement