एनएलजी इन्स्योरेन्सको यस्तो छ चैत मसान्तसम्मको वित्तीय अवस्था

Advertisement

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थि वर्ष २०७७/०७८को तेस्रो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिसम्म कम्पनीले २१ करोड २८ लाख तीन हजार रुपियाँ  नाफा आर्जन गरेको छ । 

कम्पनीको नाफा गत वर्षको सोही अवधिको भन्दा ३५ दशमलव २२ प्रतिशतले धेरै हो । गत वर्षको सोही अवधिसम्म कम्पनीले १५ करोड ७३ लाख ७४ हजार रुपियाँ मात्र खुद नाफा गरेको थियो । कम्पनीले जगेडा कोषमा ५२ दशमलव ६३ प्रतिशत वृद्धि गरी ४२ करोड २८ लाख ५७ हजार रुपियाँ जम्मा गरेको छ । 

Advertisement

यस अवधिसम्म आउदा बिमा कोषमा पनि १५ दशमलव १३ प्रतिशतले सुधार हुँदै एक अर्ब २७ लाख १२ हजार रुपियाँ पुगेको छ ।  खुद बिमा शुल्क ३६ दशमलव २५ प्रतिशत र चुक्ता पुँजी ७१ दशमलव २० प्रतिशतले बढेको छ । पुँजी भारी मात्रामा वृद्धि भएपछि प्रतिसेयर आम्दानी भने खुम्चिएको छ ।

यस अवधिसम्म प्रतिसेयर आम्दानी ६ रुपियाँ ८९ पैसाले घटेर २५ रुपियाँ ८८ पैसा कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि ५५ रुपियाँ ३३ पैसाले घटेर २३३ रुपियाँ ७८ पैसामा सीमित भएको छ ।
 

Advertisement

Advertisement