बाबुराम र उपेन्द्रमाथि जसपाका तीन साँसद अपहरण गरेको आरोप

Advertisement

काठमाडौं । नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले जनता समाजवादी पार्टी (जसपा)का तीन जना साँसदलाई जसपाका नेताद्धय बाबुराम भट्टराई र उपेन्द्र यादवले अपहरण गरेको हुनसक्ने आशंका गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै उनले महन्त ठाकुर र राजेन्द्र महतोलाइ समर्थन गर्ने तीन जना साँसदहरूलाइ कहाँ लुकाएर राख्नु भएको छ ? के तिनीहरु अपहरणमा परेका होइनन ? भनी बाबुराम र उपेन्द्रलाई प्रश्न गरेका छन् । बाबुरामको मनमा लुकेको प्रधानमन्त्रीको चाहना र उपेन्द्रको मनमा रहेको उपप्रधानमन्त्री र शक्तिशाली मन्त्री पाउने सत्ता स्वार्थको लागि उनीहरूले यस्तो हर्कत गरेको बस्नेतको तर्क छ । 

Advertisement

उनले आज माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम र उपेन्द्रलाइ प्रधानमन्त्री केपी ओली नहटाइ भएको छैन भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको दबाबमा कांग्रेसले सत्ताको नेतृत्व लिन खोजेको आरोप लगाएका छन् । 

Advertisement

Advertisement