देउवा र माधव नेपालबीच सत्ता साझेदारीका लागि सहमति, चुनावी सरकारको नेतृत्व माधवलाई

Advertisement

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनको लागि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधव नेपालबीच बुधबार सहमति भएको छ । त्यसको लागि नेपाल पक्षधर २८ सांसदले राजीनामा दिनुपर्नेछ । 

प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिन असफल भएर नयाँ सरकार गठन प्रक्रिया अघि बढेको बेला देउवा र माधवबीच यस्तो सहमति भएको हो । माधव पक्षधरहरूले राजीनामा दिएपछि देउवालाई बहुमत पुर्याउन सहज हुनेछ । 

Advertisement

राष्ट्रपति विद्या भण्डारीले बैशाख ३० गते राति ९ बजेसम्म संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठनको लागि दलहरुलाई आह्वान गरेकी छिन् । 
कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहको समर्थनमा नयाँ सरकार गठन गर्ने प्रयास गरिरहेको छ । माधव पक्षले राजीनामा नदिएसम्म देउवाको बहुमत नपुग्ने भएपछि माधवसँग ओलीले यस्तो सहमति गरेका हुन् । 

नेपाल पक्षधर सबै सांसदले राजीनामा दिए उपनिर्वाचन गराएर उनीहरु सबैलाई जिताएर ल्याउने देउवाले माधव नेपाललाई बचन दिएको समाचार छ । मंगलबार राति अवेरसम्म देउवा निवासमा माधव नेपाल र भीम रावलले गोप्य भेटवार्ता गरेका थिए । ओलीलाई सत्ताबाट हटाउने सन्दर्भमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, बाबुराम भट्टराई, उपेन्द्र यादव जुनसुकै सम्झौता गर्न तयार रहँदै आएका थिए । 

Advertisement

Advertisement