८९ हजार ८७९ ऋणीले लिए सस्तो ब्याजमा १ खर्ब ४२ अर्ब

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा ८९ हजार ८७९ ऋणीले लिए सस्तो ब्याजमा १ खर्ब ४२ अर्ब २ करोड रुपियाँ कर्जा पाएका छन् ।  नेपाल राष्ट्र बैंकका अनुसार चैतसम्ममा वितरण गरेको सहुलियत कर्जा सबैभन्दा बढी कृषि क्षेत्रबाट लिएका छन् ।

कृषि तथापशुपन्छि व्यवासाय कर्जाका नाममा यो क्षेत्रले २०७७ चैत मसान्तसम्ममा ४२ हजार ४४७ ऋणीलाई कर्जा प्रवाह गरेको छ । यस्तो कर्जा ९६ अर्ब ६० करोड रुपियाँ प्रवाह भएको छ । यस्तै सुहलियत कर्जा अन्र्गत महिला उद्यमशील कर्जा ४५ हजार १२८ महिला उद्यमीले लिएका छन् ।

Advertisement

महिला उद्यमीले लिएको यस्तो कर्जा ४२ अर्ब १६ करोड रुपियाँको  छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३०४ ऋणीको लिएको ३ अर्ब २६ करोड रुपियाँको कर्जा बक्यौता रहेको छ । राष्ट्र बैंकका अनुसार सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा भने २०७७ चैत मसान्तमा ४८ हजार ८६० ऋणीले लगेका छन् । पुनरकर्जा लैजाने यी ऋणीबाट १ खर्ब २३ अर्ब १४ करोड रुपियाँ बैंकले ऋणको रुपमा लगानीमा गरेको छ ।

व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन पुनरकर्जा प्रदान गरिएको हो । ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७७ चैत मसान्तसम्ममा ४२ करोड  रुपियाँ प्रवाह भएको छ ।
 

Advertisement

Advertisement