बीमा कम्पनीका सबै शाखा बन्द गर्न समितिको निर्देशन

Advertisement

काठमाडौँ । बीमा समितिले बीमा कम्पनीहरुका सबै शाखा बन्द गर्न निर्देशन दिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा बैशाख २९ गते राति १२ बजेदेखि जेठ १३ गते राति १२ बजेसम्म निषेधाज्ञा आदेश जारी गरे पछि समितिले आज यस्तो निर्देशन दिएको हो । 

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले आज सबै बीमा कम्पनीहरुलाई पत्र लेख्दै जिल्ला प्रशासन कार्यालयको आदेश अनुसार सबै शाखा कार्यालय बन्द गर्न र शाखा कार्यालयबाट हुने काम केन्द्रबाटै सञ्चालन गर्न निर्देशन दिएका हुन् । 

Advertisement

बीमा कम्पनीहरुले आफ्नो केन्द्रीय कार्यालय सञ्चालन गर्न र बढीमा १० जना कर्मचारीलृे मात्र सेवा प्रवाह गर्न समितिले निर्देशन दिएको हो । बीमा सेवा प्रवाहका लागि समितिबाट कम्पनीहरुका लागि पहेंलो रंगको पास उपलब्ध गराइने कार्यकारी निर्देशक पौडेलले जनाएका छन् । 

विद्युतीय माध्यमबाठ बीमा शुल्क संकलन गर्ने व्यवस्था गर्न, यो संभव नभएको हकमा निषेधाज्ञा खुलेको १५ दिनसम्म ब्याज नलिई संकलन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको हो । 


 

Advertisement

Advertisement