नबिल र सिटिजन्स बैंकमा काम गर्ने दुई जना बैंकरको कोरोनाका कारण मृत्यु

Advertisement

काठमाडौं । कोरोना संक्रमणका कारण नबिल बैंक र सिटिजन्स बैंकमा काम गर्ने दुई जना बैंकरको मृत्यु भएको छ । 

नबिलको कुमारीपाटीस्थित शाखामा एकाउन्टेन्टको रुपमा काम गर्ने ३७ बर्षीय महिला कर्मचारीको सोमबार मृत्यु भएको बैंककै एक कर्मचारीले जानकारी दिए । 

Advertisement

त्यस्तै, सिटिजन्स बैंकको बर्दिया सानोश्री शाखामा काम गर्ने ३५ बर्षीया महिला कर्मचारीको मंगलबार निधन भएको बैंककी प्रवक्ता उमंग शर्माले जानकारी दिइन् । उनी नेपालगञ्ज निवासी हुन् । 

नेपाल बैंकर्स एशासियशनका अध्यक्ष भुवन दाहालले बैंककै कर्मचारीहरूको मृत्यु हुन थालेपछि सेवा प्रवाह गर्न आफूहरूलाई चुनौति थपिएको बताए । उनले बैंकिङ क्षेत्रसहित समग्र जनताको जीवन रक्षाका लागि सरकार गम्भीर हुनुपर्ने थियो भन्दै बैंकका कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई एशोसियनले गम्भीररुपमा लिएको बताए । 

Advertisement

Advertisement