शिखर इन्स्योरेन्सको वित्तीय अवस्थामा सामान्य सुधार, १०.२६ प्रतिशत बढ्यो नाफा

Advertisement

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  कम्पनीले १०.२६ प्रतिशतले खुद नाफा वृद्धि गर्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३६ करोड ३३ लाख २० हजार रुपियाँ कमाएको छ । 

कम्पनीले गत वर्षको नाफा गत वर्षको सोही अवधिमा ३२ करोड ९५ लाख १८ हजार रुपियाँ थियो । कम्पनीको जगेडा कोष भने गत वर्षको यसै अवधिको भन्दा १९.३३ प्रतिशतले घटेर ६१ करोड ६७ लाख ७१ हजार रुपियाँमा झरेको छ। 

Advertisement

यता कम्पनीको बीमा  कोषमा भने गत वर्षको यसै १६.५२ प्रतिशतले सुधार हुँदै एक अर्ब २३ करोड १९ लाख ७१ हजार रुपियाँ पुगेको छ भने खुद बीमा  शुल्क ११.९७ प्रतिशतले बढेर एक अर्ब २३ करोड १९ लाख ७१ हजार रुपियाँ पुगेको छ । 

हाल यस कम्पनीको एक अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपियाँ  चुक्ता पुँजी छ । कम्पनीको चुक्ता पुँजी गत वर्षको सोही अवधिको भन्दा ६६.३२ प्रतिशतले बढाउन सफल भएको हो । गत वर्षको सोही अवधिमा कम्पनीको पुँजी एक अर्ब पाँच करोड ७३ लाख १० हजार रुपियाँ थियो । 

यस त्रैमाससम्म आउदा कम्पनीको प्रतिसेयर आम्दानी भने खुम्चिएको छ । प्रतिसेयर आम्दानी १५ रुपियाँ १६ पैसाले घटेर २७ रुपियाँ ९३ पैसा कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि ६७ रुपियाँ ८७ पैसाले घटेर २१६ रुपियाँ ३९ पैसामा सीमित भएको छ ।

Advertisement

Advertisement