सुनको मूल्य चार सय रुपियाँ  घट्यो

Advertisement

काठमाडौं । बिहीबार सुन र चाँदी दुवैको मूल्‍य घटेको छ । सुनको मूल्‍य तोलामा चार सय र चाँदीको मूल्‍य तोलामा १० रुपियाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

बुधबार तोलामा ९२ हजार रुपियाँमा कारोबार भएको छापावल सुनको मूल्‍यबिहीबार ९१ हजार ६ सय रुपियाँ कायम भएको छ ।

Advertisement

यस्तै तेजावी सुनको मूल्‍य ९१ हजार एक सय रुपियाँमा झरेको छ । चाँदीको मूल्‍यअघिल्लो दिनको तुलनामा तोलामा १० रुपियाँले घटेर एक हजार तीन सय ३५ रुपियाँमा आइपुगेको छ ।

Advertisement

Advertisement