ओलीले माधव, भीम, घनश्याम र सुरेन्द्रमाथिको कारवाही फुकुवा गरिदिए

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्ना चार नेतामाथि गरेको कारबाही फिर्ता लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिएको हो । 

पार्टी एकतालाई ध्यानमा राखेर यो निर्णय लिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले जानकारी दिएका छन् । राष्ट्रपति विद्या भण्डारीले बहुमतको सरकार बनाउन दिएको समयसीमाको अन्तिम दिन ओलीले कारवाही फुकुवा गर्नु अर्थपूर्ण देखिन्छ । 

Advertisement

Advertisement

Advertisement