नेपाल लाइफको वित्तीय अवस्थामा सामान्य सुधार, यस्ता छन् सूचकहरु

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म आउँदा यसले ५० करोड ६६ लाख ६८ हजार रुपियाँ खुद नाफा कमाएको छ । 

कम्पनीको नाफा गत वर्षको यसै अवधिको तुलनामा ८.३६ प्रतिशतले  बढेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ७५ लाख ७६ हजार रुपियाँ नाफा कमाएको थियो । 

Advertisement

जीवन बीमा कोष भने आकर्षक देखिएको छ । बीमा कोषको आकार ३२.२५ प्रतिशतले बढेर एक खर्ब सात अर्ब ६१ करोड ७७ लाख रुपियाँ पुगेको छ । 

खुद बीमा शुल्क पनि ३५.४९ प्रतिशत।ले बढेर २४ अर्ब ९५ करोड भन्दा बढी पुगेको छ । चुक्ता पुँजी ३१ प्रतिशतले बढेर सात अर्ब १९ करोड ९९ लाख ७० हजार रुपियाँ पुगेको छ ।

नेपाल लाइफको जगेडा कोष ५८.८८ प्रतिशतले घटेर एक अर्ब १२ करोड ३४ लाख ३६ हजार रुपियाँ कायम भएको छ । 

यस कम्पनीको प्रतिसेयर आम्दानी भने १ रुपियाँ ९६ पैसाले घटेर ९ रुपियाँ ३८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपियाँ ९२ पैसा छ ।

Advertisement

Advertisement