प्रभु इन्स्योरेन्सको बीमा शुल्कमा सामान्य वृद्धि, अन्य सूचक यस्ता छन्

Advertisement

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधिसम्म आउदा यसको सबै सूचक सामान्य बढेका छन् । समीक्षा अवधिमा कम्पनीको नाफा अवधिमा नाफा ४.९५ प्रतिशतले बढेर १५ करोड ९८ लाख ३५ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यसले १५ करोड २२ लाख ९३ हजार रुपियाँ खुद नाफा कमाएको थियो ।

Advertisement

समीक्षा बीमा कोषको आकार २०.७५ प्रतिशतले बढेर ७८ करोड ८९ लाख ७६ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसको बीमा कोषमा ६५ करोड ३३ लाख ८२ हजार रुपियाँ थियो । 

खुद बीमा शुल्क ६.३३ प्रतिशतले बढेर ४६ करोड १४ लाख ९६ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसले ४३ करोड ४० लाख ११ हजार रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । प्रतिसेयर आम्दानी १५ रुपियाँ र प्रतिसेयर नेटवर्थ २१३ रुपियाँ छ । 

चैत मसान्तसम्म यस कम्पनीले २९ करोड ३९ लाख ३९ हजार रुपियाँ दाबी भुक्तानी गरेको छ भने भुक्तानी हुन बाँकी रकम १६ करोड ९२ लाख ९५ हजार रुपियाँ बाँकी छ ।  

Advertisement

Advertisement