हिमालयन र इन्भेष्टमेन्ट बैंक एक, पुँजीको हिसाबले सबैभन्दा ठूलो बन्न सफल

Advertisement

काठमाडौं । बैंकिङ क्षेत्रका दुई ‘जायन्ट’ हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक एक भएका छन् । लामो प्रतिक्षापछि बिहीबार उनीहरूबीच मर्जर सम्झौता भएको हो । सम्झौतापत्रमा हिमालयनका अध्यक्ष तुलसीप्रसाद गौतम र इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले हस्ताक्षर गरेका छन् ।

मर्जरपछि बन्ने नयाँ बैंकको अध्यक्ष पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीर्ईओ)मा हिमालयन बैंकका सीईओ अशोक राणा रहनेछन् भने डेपुटी सीईओमा इन्भेष्टमेन्टका सीईओ ज्योति पाण्डे रहने छन् ।
 
मर्जरपछि बैंकको कुल चुक्ता पुँजी २६ अर्ब ९४ करोड १७ लाख ३० हजार रुपियाँ पुग्नेछ जुन अहिलेका वाणिज्य बैंकमा सबैभन्दा बढि हो ।

Advertisement

त्यसैगरी निक्षेप तीन खर्ब ११ अर्ब रुपियाँ पुग्नेछ भने कर्जा दुई खर्ब ८७ अर्ब रुपियाँ पुग्नेछ । त्यसैगरी रिजर्भमा १९ अर्ब ७४ करोड पुग्नेछ । मर्जरपछि बन्ने बन्ने नयाँ बैंकका कर्मचारीको संख्या २५ सय पुग्नेछ ।

त्यसैगरी हिमालयन बैंकको ६९ वटा शाखा र इन्भेष्टमेन्ट बैंकका ८३ शाखा गरी कुल १५२ वटा शाखा कार्यालय हुनेछन् । जसमा एक दर्जन बढि शाखा कार्यालय एकै स्थानमा हुने भएकाले स्थानान्तरण हुने देखिएको छ ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकमा कर्मचारी व्यवस्थापनको लागि स्वेछिक अवकासको योजना आउने जनाइएको छ ।

Advertisement

Advertisement