‘माधव समूहले राजीनामा दिएको अंकगणितको आधारमा ओलीलाई हटाउन संविधानले दिँदैन’

Advertisement

काठमाडौं । इन्जिनियर दिपेन्द्र कँडेलले नेकपा एमालेमा माधव नेपाल समूहले राजीनामा दिए पनि संविधानअनुसार नमिल्ने तर्क गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले संसदमा तत्काल कायम रहेका सदस्यहरूको बहुमतका आधारमा ओलीलाई हटाउने प्रपञ्च असंवैधानिक रहेको बताए । 

संविधानले प्रतिनिधिसभाको बहुमत भनेकाले कुल सदस्य संख्याको बहुमत अर्थात १३८ जना हुनुपर्ने कँडेलको भनाई छ । उनले तत्काल कायम रहेका सदस्यहरूको बहुमतका आधारमा ओलीलाई हटाइएमा त्यो असंवैधानि कुने र बदरभागी हुने भन्दै संविधानको धारा ७६ (२)मा तत्काल कायम सदस्य नभनी बहुमत भनेकोले कुल सदस्य संख्याको बहुमत जरुरी पर्ने बताए । 

Advertisement

संवैधानिक परिषद्को बैठकसम्वन्धी व्यवस्थामा यसअघि कुल सदस्य संख्याको बहुमत अर्थात उपसभामुखसहित चार जना सदस्य चाहिने भनेकोमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले अहिले जारी गरेको सोसम्वन्धी अध्यादेशले तत्काल कायम रहेको सदस्यको बहुमत भनिएअनुसार पछिल्लो समयमा बैठक बस्ने गरेको उदाहरण दिँदै कँडेलले संविधानमा पनि तत्काल कायम रहेको भनेर उल्लेख कतै उल्लेख नगरेको बताए । 

राजीनामा दिएर माधव नेपाल समूहले प्रधानमन्त्री ओलीलाई अप्ठ्यारो बनाउन खोजे पनि त्यो सफल नहुने उनको दाबी छ । कँडेलका अनुसार ओलीले सत्ता बोरु राजालाई बुझाउने तर माधव नेपाल, पुष्पकमल दाहाल प्रचण्डसँग नझुक्ने भन्दै जनता समाजवादी पार्टी एक भएर शेरबहादुर देउवाको नेतृत्वमा वैकल्पिक सरकार बन्नसक्ने संभावना नरहेकाले ओली नै अबको प्रधानमन्त्री भएको बताए । 

Advertisement

Advertisement