युवा व्यवसायी आशिष शर्मा ३१ बर्षमै विद्यावारिधि उपाधि पाउन सफल

Advertisement

काठमाडौं । युवा व्यवसायी आशिष शर्माले युरोपको एक प्रतिष्ठित विश्वविद्यालयबाट इन्टरनेसनल बिजनेस एन्ड मार्केटिङमा व्यावसायिक विद्यावारिधिको उपाधि  पाएका छन् । उनले फ्रान्सको पेरिसस्थित युरोपियन इन्टरनेसनल युनिभर्सिटिबाट सो उपाधि पाएका हुन्। झापा भद्रापुरका शर्मा विद्यावारिधि पाउने संभवतः कान्छा व्यक्ति हुन् ।  

सिंगापुर बेभरेजेज नेपाल प्रालिका संस्थापक तथा म्यानेजिङ डाइरेक्टरको रुपमा शर्मा कार्यरत छन्। उनी टाइम्स इन्टरनेसनल एक्सिलेन्स अवार्ड फर इन्टेरनेसनल कर्पोरेट एन्ड बिजनेस एक्सिलेन्स अवार्ड २०२१ बाट पनि सम्मानित भइसकेका छन् । 

Advertisement

सिद्धार्थ शिशु सदन र बिर्तामोडस्थित लिटिल फ्लावर्स इङ्लिस स्कुलबाट विद्यालयको अध्ययन सुरु गरेका शर्माले साउथ एसियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट (एसएआईएम) कलेजबाट बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक गरेका छन् । 

नेपाल फर्किएपछि उनले सिंगापुर बेभरेजेज नेपाल प्रालि स्थापना गरेका थिए। बेभरेजले सन् २०१७ बाट कार्बोनेटेड सफ्ट ड्रिंकको उत्पादन सुरु गरेको थियो । यो उत्पादनले सिंगापुर बेभरेजलाई विश्व बजारमा परिचित समेत गराएको छ । 

उक्त कम्पनीले सन् २०१९ मा जिरु र जिरा मसलाको सुरुवात गरेको थियो जुन जिरा र बिरेनुन मिश्रित सफ्ट ड्रिंकमा आधारित उत्पादन नेपालमा लोकप्रिय पनि छ। 

Advertisement

Advertisement