वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको कोरोनाका कारण मृत्यु

Advertisement

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेको कोरोना संक्रमणका कारण निधन भएको छ । उनको उपचारको क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा बिहीबार साँझ ६ बजे निधन भएको हो । 

संघका महासचिव सुजितकुमार श्रेष्ठका अनुसार एक साताअघि कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका गैरेको स्वास्थ्य अवस्था बिग्रिँदै गएर आज निधन भएको हो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

Advertisement

अध्यक्ष गैरे नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा गएको निर्वाचनमा बिजयी भएका थिए । 

Advertisement

Advertisement