एभरेष्ट इन्स्योरेन्सको नाफा ११.२१ प्रतिशत बढ्दा यस्ता छन् अन्य सूचक

Advertisement

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/०७८ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनीले ११.२१ प्रतिशतले खुद नाफा वृद्धि गर्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड ८२ लाख ८७ हजार रुपियाँ कमाएको छ । 

कम्पनीले गत वर्षको यसै अवधिमा भने १३ करोड ३३ लाख ४१ हजार रुपियाँ मात्र खुद नाफा गरेको थियो । एभरेष्टले जगेडा कोषमा ६७.७९ प्रतिशत वृद्धि गरी ३४ करोड ८७ लाख १८ हजार रुपैयाँ जम्मा गरेको छ । 
 
बीमा कोषमा पनि ३६.३८ प्रतिशतले सुधार भएर ४० करोड ८ आठ लाख ८७ हजार रुपियाँ पुगेको छ । खुद बीमा शुल्क १५.०९ प्रतिशतले बढेर ४० करोड आठ लाख ८७ हजार रुपियाँ पुर्याउन सफल भएको छ । 

Advertisement

तेस्रो त्रैमाससम्म कम्पनीको कुल दावी भुक्तानी रकम ६८ करोड ९७ लाख ५५ हजार रुपियाँ गरेको छ । भुक्तानी हुन बाँकी दावी रकम १ अर्ब १७ करोड ४९ लाख ८ हजार रुपियाँ देखिएको छ ।

प्रतिसेयर आम्दानी १ रुपियाँ ६५ पैसाले बढेर १८ रुपियाँ ४ पैसा कायम भएको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि २२ रुपियाँ ४९ पैसाले बढेर १६८ रुपियाँ ४० पैसा पुगेको छ ।

Advertisement

Advertisement