निषेधाज्ञा अवधिभर फाइनान्स कम्पनीहरूका ऋणीले जरिवाना तिर्नुनपर्ने
नेपाल वित्तीय संस्था संघको अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोजकाजी तुलाधर

Advertisement

काठमाडौं । फाइनान्स कम्पनीहरूबाट ऋण लिएका ऋणीहरूले निषेधाज्ञा अवधिभरको कुनै पनि दण्ड र जरीवाना तिर्नु नपर्ने भएको छ । नेपाल वित्तीय संस्था संघको अध्यक्ष तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोजकाजी तुलाधरका अनुसार शुक्रबार भएको निर्णय अनुसार कुनै पनि ऋणीले निषेधाज्ञा अवधिभर ऋणमा कुनै पनि दण्ड, जरीवाना तथा अतिरिक्त शुल्क तिर्नु नपर्ने गरी निर्णय गरेको छ ।

यस्तो निर्णय अनुसार १६ वैशाखदेखि सुरु भएको निषेधाज्ञा खुलेको १५ दिनभित्र कुनै जरीवाना लिइने छैन् । हाल निषेधाज्ञा जारी रहेकोले निषेधाज्ञा खुलेको १५ दिनभित्र चाहिँ ऋणको किस्ता भने तिर्न आउनुपर्ने छ ।

Advertisement

ऋणीलाई ब्याजमा पनि छुट दिने विषयमा संघको बैठकका लागि प्रस्ताव पेश भएको भएपनि हाललाई उक्त विषयमा निर्णय भने नभएको अध्यक्ष तुलाधरले जानकारी दिए । उनले भने ‘अहिलेलाई जरीवाना छुट दिने मात्रै निर्णय भएको छ भने अरु अतिरिक्त शुल्क नलिने विषयमा मात्रै संघले निर्णय गरेको छ ।’

कोभिड बढेको र विरामीले अक्सिजन नपाएको हुँदा सामाजिक उत्तरदायित्व अन्तर्गत संघको तर्फबाट केही सहयोग गर्ने विषयमा पनि छलफल भएको छ । उक्त विषयमा पनि आज कुनै निर्णय भने नभएको अध्यक्ष तुलाधरले दिए । 
 

Advertisement

Advertisement