कोरोना महामारीको मारमा परेका ऋणीलाई लघुवित्त कम्पनीहरूले १० प्रतिशतसम्म ब्याज छुट दिने

Advertisement

काठमाडौं । लघुवित्त वित्तीय कम्पनीहरूका ऋणीहरूले पाँच देखि १० प्रतिशतसम्म ब्याज छुट पाउने भएका छन् । कोरोना महामारीको कारण सिर्जना भएको असहज परिस्थितमा ऋणीलाई सहुलियत दिने उद्देश्यले उक्त निर्णय गरेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा बिजया लघुवित्तका सीईओ वसन्त लम्सालले बताए ।

संघले ऋणीलाई चालू आर्थिक वर्षको असार मसान्तसम्म ब्याज छुट दिने निर्णय गरेको उननले जानकारी दिए । लम्सालले भने, ‘हामीले अहिले एक परिपत्र जारी गर्दै सदस्य संस्थाहरूलाई ऋणीको ब्याजमा संस्थागत क्षमताअनुसार सहुलियत प्रदान गर्न र सुमधुर व्यवसायिक सम्बन्ध बनाउन आग्रह गरेको छौं । त्यसबाट ऋणीलाई केही राहत मिल्ने हाम्रो आशा छ ।’

Advertisement

उनले कोरोनाको कारण अझै जटिल अवस्था सिर्जना भएमा असार मसान्तपछि पनि ग्राहकलाई के–कस्तो सुबिधा दिन सकिन्छ ? त्यो योजना बनाएर अगाडि बढ्ने बताए । 

Advertisement

Advertisement