सिटिजन लाइफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी अब अनलाइनबाटै

Advertisement


काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीको विषम परिस्थितीमा बीमितलाई अनलाइनबाटै बीमाशुल्क भुक्तानी गर्ने भएको छ । लाइफ इन्स्योरेन्सले महामारीको समयमा भुक्तानीमा समस्या नआओस भनेर सो व्यवस्था गरेको हो ।

सिटिजन लाइफले सहजिकरणकालागि तीन जना कर्मचारी तोकेको छ । कम्पनीले बीमा दाबीकालागि प्रगेश बस्नेत, बीमालेख सम्बन्धि सेवाकालागि विष्णु महर्जन तथा बीमालेख बिक्रीसँग सम्बन्धित सेवाकालागि भुषण रिमाललाई सम्पर्क गर्न सकिने जनाएको छ ।

Advertisement

साथै, बीमासेवा लिनकालगि ई–सेवा, फोन पे, कनेक्ट आईपीएस तथा कम्पनीको बैक खाताको सहायता लिन सकिन्छ ।     


 

Advertisement

Advertisement