तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

Advertisement

 काठमाडौं । कोरोना संक्रमितको संख्यामा वृद्धि भई अस्पतालमा रगतको चरम अभाव हुन थालेको भन्दै तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटीले आवश्यक रगत अभावले अप्रेसन हुन नसकेको बताएपछि निषेधाज्ञाकै बीच आकस्मिक रक्तदान कार्यक्रम आयोजना भएको हो ।

‘रगतको अभाव भएको बेलामा रक्तादान गर्नु  आश्यक रहेको कार्यक्रम आयोजन गरेका हौं ’,लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डसका अध्यक्ष भुषणकुमार श्रेष्ठले बताए । दुई घण्टा चलेको कार्यक्रममा २३ पिन्ट रगत जम्मा गरिएको आयोजक श्रेष्ठले जानकारी दिए जानकारी दिए ।

Advertisement

रक्तदान गत आईतबार सम्पन्न भएको हो । रक्तदान कार्यक्रम अटो नेपाल, सहयोगी महिला जागरण मञ्च र लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डको संयुक्त आयोजनामा काठमाडौंस्थित रातोपुलमा भएको थियो। 


 

Advertisement

Advertisement