Advertisement

काठमाडौं । अहिले सेयर बजारमा म्यूचूअल फण्डको राम्रो उपस्थिति छ । अहिले बजारमा २१ वटा भन्दा बढि फण्डहरु छन् जसले मासिकरुपमा आफ्नो न्याभ, सूचीकृत सेयरमा लगानी, बैंक मौज्दातमा राम्रो ग्रोथ गरेको रिर्पोटहरू आइरहेका छन् । सेयर बजारले उचाई कायम गरेसँगै म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताले पनि राम्रो आम्दानी गरिरहेको देखिन्छ् । यसैबीच नयाँ म्यूचूचल फण्ड पनि सेयर बजारमा आउनेक्रम जारी छ । प्रभु क्यापिटलले ‘प्रभु सेलेक्टेड फण्ड’ जेठ ५ गतेबाट सञ्चालनामा ल्याउने भएको छ । ‘प्रभु सेलेक्ट फण्ड’ अरु म्यूचूअल फण्डभन्दा के कुरामा फरक छ ? लगानीकर्ताले कस्तो प्रतिफल पाउलान ? यस्तै कुरामा आधारित भएर कर्पोरेट नेपालले प्रभु क्यापिटलका प्रमुख सञ्चालन अधिकृत (सिओओ) कृष्ण गिरिसँग गरेको कुराकानीको सार प्रस्तुत छः 

प्रभु क्यापिटलले कोरोना महामारीको समयमा कसरी काम गरिरहेको छ ? 
यो समयमा हामीले मिलेसम्म घरबाटै काम गर्ने गरेका छौं । जो कार्यालय नआई काम नै हुन्न, त्यस्तो कर्मचारी मात्र कार्यालय आउनुभएको छ । हामीले स्वास्थ्यको मापदण्ड अपनाएर काम गरिरहेको छौं ।

Advertisement

कोरोना महामारीको समयमा मर्चेट बैंकले कस्तो भूमिका खेलेको छ ? के के काम गरिराछ ? नयाँ योजना के छन् ? 
हामीले कोरोेनाभन्दा अगाडि जुन तरिकाले जुन रफ्तारमा काम गरेर अगाडि बढिरहेका छौं । त्यस्तो गति त्यस्तो तरिमा अहिले काम गर्न सक्ने परिस्थिति छैन् । कोरोना महामारीको समयमा हामीले गर्ने कुराहरुमा धेरै परिवर्तन आएको छ । हामी अहिले प्रविधिमा आधारिक भएर अघि बढिरहेका छौं । हामीले दिने सेवा ग्राहकहरूले दिने सेवालाई सकेसम्म अनलाईनको माध्यमबाट गर्न सकिने व्यवस्था मिलाउँदै आइरहेको छौं । 

अहिलेको अवस्था डिम्याट खाता खोल्ने, नवीकरण गर्ने लगायतका कार्यलाई अनलाईनको माध्यमबाट अगाडि बढाईरहेका छौं । सेयर लगानीकर्ताले कारोबार गर्दा गर्नुपर्ने इडिआईएस र टिएसलाई पनि अनलाईनको माध्यमबाट गर्न मिल्ने व्यवस्था मिलाएका छौं । लगानीकर्ताको खातामा पठाउने लाभांशको लागि पनि हामीले सकेसम्म अनलाईनको माध्यमबाट गर्नसकिने व्यवस्या मिलाईरहेका छौं । यस्तो कार्यका लागि कर्मचारीहरूले घरमा नै बसेर सहयोग गरिरहेका छन् । धेरै नयाँ योजना बनाएर काम गरिरहेको छौं । तर, कोरोनाको कारण कतिपय योजना पूरा हुन सकेका छैनन् । तत्कालको हाम्रो योजना भनेको म्युचुअल फण्ड निष्कासन हो । तयारी अब पूरा भएर जेठ ५ गतेबाट बिक्री खुला हुन्छ । 

तपाईंले भन्नुभयो सामूहिक लगानीको योजना आउँदैछ ? यो कस्तो योजना हो ? बताइदिनु न । 
यो एउटा बन्दमुखी योजना हो । यो योजना सात वर्ष अवधिको लागि हो । यो योजनामा एक अर्ब रुपियाँको बराबरको करिब १० करोड इकाई हामीले निष्काशन गर्दैछौं । प्रभु सामुहिक लगानी कोषअन्तर्गत प्रभु सेलेक्ट फण्डले आगामी जेठ ५ गतदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला हुन्छ । 

यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल रहेको छ । यस योजनाको इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्ने हाम्रो योजना छ । 

निष्काशित कुल इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंकले १४ प्रतिशत अर्थात एक करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई एक प्रतिशत अर्थात १० लाख इकाई गरी कूल १५ प्रतिशत अर्थात एक करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी आठ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिनसक्ने व्यवस्था गरेका छौं । 

प्रभु सेलेक्ट फण्डमा लगानी गर्दा कस्तो रणनीति अवलम्बन गर्दै हुनुहुन्छ ? 
यसको नामनै काफी छ । सेलेक्ट फन्ड । अहिले नेपाल स्टक एक्सचेन्ज अन्तर्गत धेरै वटा कम्पनी छन् सामूहिक लगानी कोषले लगानी गर्नसक्ने । तर, हामी सबै कम्पनी गर्न सकेको छैनौं । हामीले लगानी गर्दा केही सीमित कम्पनीहरुसँग मात्र सहकार्य गर्न सक्छौं । कुन कम्पनीमा लगानी गर्ने ? छनोट गरेर मात्र लगानी गर्ने गरिन्छ । लगानीका पनि आफ्नो नीति छन् । सबै हामीले छनौट गर्दा सबैभन्दा धेरै ३० कम्पनी छनौट गर्ने गर्दछौं । छनौट गर्दा अलिकति अगाडी आउन सक्ने कम्पनी छानेका हुन्छौं । यही अनुसारनै हामीले यो लगानी कोषको नाम प्रभु सेलेक्ट फण्ड राखेका हौं । 

नेपालको पुँजी बजारको वर्तमान अवस्थालाई कसरी हेर्नुभएको छ ? 
नेपालको पुँजी बजार अहिले धेरै माथिल्लो फेजमा आईसकेको छ । बजारले बिस्तारै आफ्नो स्थायित्व कायम गर्दै गइरहेको छ । प्राविधिकदेखि लिएर नीतिगत कुरामा सुधार भइरहेको छ । यसमा मर्चेट बैंकको भूमिका पनि महत्वपूर्ण हुन्छ ।

जति लगानीकर्ताको चासो पब्लिक कम्पनीमा छ, त्यति म्युचुअल फण्डमा छैन् । कारण के हो ?
नेपालमा म्युचुअल फण्डलाई सीमित दायरामा राखिएको छ । फण्डहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीमा मात्र लगानी गर्न पाउने हुन्छ । यसका साथै केही अंश ऋणपत्र र फिक्स डिपोजिटमा राख्ने भन्ने कुराहरू पनि छन् । त्योभन्दा बाहेकका क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था छैन । यस्ता बिभिन्न कारण म्युचुअल फण्डमा लगानी गर्ने लगानीकर्ताको कमी भएको होकी ? भन्ने मेरो बुझाई छ ।

जेठ ५ गते आउन लागेको लगानी कोषमा के आधारमा लगानी गर्ने ? प्रतिफल कस्तो छ ? 
यसको प्रतिफल क्षमता राम्रो छ । हामीले वार्षिक २० प्रतिशत प्रतिफल दिन्छौं भनेर नै यो फण्डको योजना अगाडि बढाएका छौं । अहिलको बजारको अवस्थाअनुसार हामीले त्यति प्रक्षेपण गरेका हौं । तर पछि बजार बढ्यो भने वा बजारको अवस्था परिवर्तन भयो भने यसको पनि अवस्था परिवर्तन हुन्छ ।

 

Advertisement

Advertisement