कोरोना भाइरसविरुद्धको औषधि विकास, भारतले सार्वजनिक गर्यो

Advertisement

काठमाडौं । महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) विरुद्धको औषधि प्रयोगमा आएको छ । भारतले विकास गरेको यो औषधि सोमबार सार्वजनिक गरिएको हो । 

भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवद्र्धनले टू–डीजी नामम दिइएको कोरोनाको औषधि सार्वज्निक गरे । भारतको ड्रग कन्ट्रोलर जनरलले यसलाई आकस्मिक प्रयोगको लागि अनुमतिसमेत दिइसकेको छ । 

Advertisement

नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन र एलाइड साइन्सेसले हैदराबादस्थित डा. रेडिज लेबोरोटोरिजसँगको साझेदारीमा विकास गरेको यो औषधिको क्लिनिकल ट्रायलबाट यसको अणुले कोभिड १९ का बिरामीलाई छिटो ठिक गर्न मद्दत गरेको दाबी गरिएको छ । 

भारतीय मिडियाहरूका अनुसार टू–डीजीबाट अक्सिजन लिनुपर्ने ठूलो बाध्यतालाई निकै कम गर्नुका साथै स्वास्थ्यमा समेत चाँडै सुधार आउँछ । यसले भाइरस संक्रमित कोषहरुमा प्रभाव देखाएर यसको वृद्धिलाई रोक्ने पनि बताइएको छ । दोस्रो चरणको परीक्षण भइसकेको यो औषधि भारतका विभिन्न अस्पतालहरूमा रहेका कोभिड संक्रमितमा प्रभावकारी देखिएको भारतको ड्रग कन्ट्रोलर जनरलको भनाई छ । 

Advertisement

Advertisement