कोरोना संक्रमणबाट २१४ को मृत्यु, नौ हजारभन्दा बढि संक्रमित

Advertisement

काठमाडौं । गएको २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २१४ जनाको मृत्यु भएको छ भने नौ हजार २४७ जना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच हजार २१५ पुगेको छ । पछिल्लो २४ घण्ठामा २१ हजार ६५३ पीसीआर परीक्षणमा नौ हजार १९८ जना र ४३४ एन्टिजेन परीक्षणमा ४९ जना गरी नौ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । 

Advertisement

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या चार लाख ६४ हजार २१८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार ४८० छ । सक्रिय संक्रमितमध्ये एक लाख छ हजार ५१० जना होम आइसोलेसनमा र छ हजार ९७० जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै आईसीयूमा एक हजार २५९ जना र भेन्टिलेटरमा चार सय जना रहेको मन्त्रालयको भनाई छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ७६७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५५ हजार २२३ रहेको छ ।

Advertisement

Advertisement