भाइरस तथा अन्य किटाणु नाशक उपकरण भाइरोशिल्ड अब रु १५ हजार ५९० मा

Advertisement

काठमाडौं । कोभिड–१९ को महामारी तीब्र बढिरहेको बेला आफ्नो वरीपरीको सामान जीबाणुरहित बनाउन प्रयोग हुने गोदरेजको भाइरोसिल्ड उपकरण अब रु. १५ हजार ५९० मा खरीद गर्न सकिने चौधरी समूहले जानकारी दिएको छ । चौधरी समूहको ईओएल प्रालिले नेपालमा गोदरेजका सामानहरू बिक्री वितरण गर्छ । 

अहिलेको विषम अवस्थामा स्वस्थ र सुरक्षित रहनुपर्छ भन्दै कम्पनीले कोरोनाको दोस्रो लहरले स्थिति जटिल बन्दै गएको बेला घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदान गर्ने संघसंस्थाका वरिपरि रहेका सामानहरूलाई जीवाणुरहित बनाउन भाइरोसिल्ड एकदम उपयुक्त मानिएको जनाएको छ । 

Advertisement

दुईदेखि छ मिनेटभित्रमा भाइरोसिल्डले युभी–सी रेमार्फत ९९ प्रतिशतभन्दा बढि कोभिड–१९ भाईरसको सूक्ष्म जीवबाट सुरक्षा प्रदान गर्ने । भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाईल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । 

भाइरोसिल्डमा विविध सामग्रीहरु राख्न मिलेता पनि औषधि, ब्याट्री, पावर बैंकजस्ता सामानहरु भने राख्नु हुँदैन् । 

आईसीएमआर ल्याबद्वारा सर्टिफाईड अत्याधिक युभी ट्युब र रिफ्लेक्टिभ बनावट भएको गोदरेज भाईरोसिल्डमा एक वर्षको वारेन्टी पनि रहेको छ । कोभिड–१९ को संक्रमण दिनानुदिन बढ्दै गईरहेको र हामी मात्र नभई हाम्रा सरसामाग्रीहरु पनि संक्रमणको घेराभन्दा बाहिर रहनु जरुरी भएकाले गोदरेज भाइरोसिल्ड निकै उपयोगी ठहरिने ईओएलको भनाई छ । 

अर्डरका लागि यो लगईन गर्नुहोस् https://bit.ly/3gYicsP

Advertisement

Advertisement